सिसडोलमा फोहोर बोक्ने गाडिको ठक्करबाट एकको मुत्यु, फोहोर व्यवस्थापन ठप्प

0
Shares

ईश्वरराज ढकाल, काठमाडौं ।
फोहोर बोक्ने निजी सवारी साधनले सिसडोलका एक युवकलाई ठक्कर दिएपछि आज दिउसोदेखि सिसडोल ल्याण्डफिल साइटमा फोहोर खसाल्ने काम बन्द भएको छ ।

काठमाडौबाट फोहोर बोकेर गएका बा२ ख ९६४७ नम्बरको फोहोर बोक्ने ट्रकले ओखरपौबा बस्दै आएका करिब १६ वर्षिय संजिव नेपालीलाई ठक्कर दिएपनि निजको मृत्यु भएको थियो । दिउसो करिब एक वजे उक्त ट्रकले ल्याण्डफिल साइटमा फोहोर खासाल्ने क्रममा ब्याक गर्दा नेपालीलाई ठक्कर दिएको थियो । घाइते नेपालीको टोखा स्थित ग्रयाण्डी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

ल्याण्डयफिल साइटमा फोहोर टिप्ने काम गर्दै आएका नेपालीको सवारी साधनको ठक्करबाट मृत्यु भएपछि ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन ठप्प भएको छ । कामपा वातावरण विभाग सिसडोल ल्याण्डफिल साइट इन्चार्ज सरकारदीप श्रेष्ठले दुर्घटना लगत्तै फहोर व्यवस्थापन रोकिएको जानकारी दिनुभयो ।

एक बजे ठक्कर दिएको नेपालीको दिउसो ३ बजे मृत्यु भएको थियो । वार्तापछि मात्रै फोहोर व्यवस्थापन हुनसक्न्े सम्भावना रहेको उहाको भनाई छ । स्थानीय श्रीराम ढुंगानाले २० लाख क्षतिपुर्ति दिनुपर्ने माग गर्नुभएको छ । उहाले सवारी चालकको लापरबाहीको कारण करिब दुई महिना अघि एक जनाको मृत्यु भएको थियो ।

आफन्त र यातायात व्यवसायीविचको सम्झौता पछि फोहोर खुलेको थियो । पहिला २० लाख क्षतिपुर्ति दिएसकेको अवस्थामा अब घटाउनुको कुनै औचित्य नभएको ढुंगानाको भनाई छ । कामपा र पिडीत परिवारबिच भोली बुधबार वार्ता हुने र समस्याको समाधान गर्ने तयारी भैरकेको श्रेष्ठले जानकारी दिनुभयो ।