हावाहुरी पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले १ करोड सहयोग गर्ने

0
Shares

नेपाल समाचारपत्र, धनगढी ।
बारा र पर्साका हावाहुरी पिडीतलाई सुदूरपश्चिम प्रदेश सरकारलेएक करोड सहयोग गर्ने भएको छ ।

सरकारको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आँधीबाट विस्थापित भएका पीडितहरुका लागि एक करोड रकम सहयोग गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषदको निर्णयअनुसार सहयोग रकम प्रदेश नम्बर २ सरकारले स्थापना गरेको मुख्यमन्त्री राहत कोषमा जम्मा गरिनेछ ।