हावाहुरी पिडीतलाई डोटीका सिडिओको ५ दिनको तलब

0
Shares

विमल विष्ट, डोटी ।
डोटीका प्रमुख जिल्ला अधिकारी यादब सुवेदीले विनासकारी हावाहुरीका कारण समस्यामा परेका पिडितहरुलाई राहत स्वरुप आफ्नो ५ दिनको तलब दिने घोषणा गर्नु भएको छ । आईतवार आएको हावाहुरीले पिडित बनेकाहरुलाई राहत मिलोस भन्ने उदेश्यले आफुले ५ दिनको तलब दने घोषणा गरेको प्रमुख जिल्ला अधिकारी सुबेदीले बताउनुभयो । उहाँले भन्नुभयो, “पिडितहरुलाई केही राहत मिलोस भनेर आफुले ५ दिनको तलब दिने घोषणा गरेको हुँ,यो रकमले केही हद सम्म सहयोग मिल्ने छ ।”

हावा हुरीका कारण प्रभावित बनेको बारा क्षेत्रमा सयौको संख्यामा घाईतेहरुका रहेको करिब तिन दर्जन मानिसहरु मृत्यु भएको समाचारले देश भरी नै चिन्ता छाई रहेको बेला सरकार तथा संसदहरुले तलबको केहि अंश राहत स्वरुप दिने घोषणा गरि रहेको समयमा प्रमुख जिल्ला अधिकारी सुबेदीले ५ दिनको तलब दिने भनी आफ्नो आधिकारीक फेशबुक मार्फत सार्वजनिक गर्नु भएको हो ।

सरकारी कर्मचारीहरुले राहत स्वरुप के कति रकम दिने भनि सरकारी निर्णय भई नसकेको भए पनि प्रमुख जिल्ला अधिकारी सुबेदीले राहत दिने घोषणा गर्नु भएको हो । उहाँले गर्नु भएको घोषणालाई अन्य निकाय तथा कर्मचारीहरुले पनि उहाँबाट पाठ सिक्नु पर्ने डोटेली बुद्धिजिविहरुको भनाई रहेको छ ।