राजधानीमा एक युवकको हत्या, सोल्टी मोड दोबाटोमा अल्मलियो प्रहरी कुकुर

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
राजधानीको बाफलमा एक युवकको हत्या भएको छ । हत्या हुनेमा बाफलस्थित स्युचाटार पुलमुनि बसेर मागी खाने अन्दाजी २५/२६ वर्षको एक युवक रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हत्यापश्चात उनीसंगै एकजना साथि फरार भएका छन् ।

यसैक्रममा अनुसन्धानका लागि प्रहरीले ल्याएको विज्ञ कुकुरलाई सबुत सुघाँएर छाडिएको कुुकर दौडिँदै सोल्टीमोड दोबाटोसम्म पुगेर अल्मलिएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।