युगल महायज्ञको पाँचौ दिनमा गोर्बधन पुजा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौ
धुलिखेल हरिनाम संकृतन मण्डल काठमाडौको आयोजनामा यहि चैत्र १४ गते बिहिवार देखि धुलिखेलको गिता मन्दीरमा शुरु भएको युगल महायज्ञको पाँचौ दिन सोमबार भव्य रुपमा गोर्बधन पुजा गरियो ।

गुरु अजित गौतमको प्रमुख वाचकत्वमा शुरु भएको सप्ताहव्यापी युगल महायज्ञमा स्थानिय वासिन्दाका साथै देशैभरिबाट भक्तजनहरुको भव्य सहभागीता रहेको संस्थाका कोषाध्यक्ष शिब चन्द्र माकजूले बताउनुभयो ।

हरेक बर्ष धुलिखेल लगायत देशका विभिन्न स्थानमा यसरी नै महायज्ञ गर्दै आएको हरिनाम संकृतन मण्डलले धुलिखेलमा शनिवार भक्तजनहरुले घडा सहित नगर परिक्रमा गरि गिता मन्दीरमा पुगी यज्ञ होम सहितको कार्यक्रममा सहभागी भएका थिए । त्यसैगरि १८ गते पाँचौ दिनका दिन खचाखच भक्तजनहरुका माझ गार्बधन पूजा, होम गरिएको गिता मन्दिर संरक्षण समितिका पूर्व अध्यक्ष, कार्यक्रम सहयोगी तथा समाजसेवी चुनीयालाल माकजूले बताउनुभयो ।

उहाँ भन्नुहुन्छ–हिन्दु धर्मलाई देशको प्रमुख धन र परिवार तथा समाजको इज्जत तथा उत्थानको मूल आधार मानेकै कारण आज नेपाल र नेपालीमा सद्भाव रहेको छ । धर्म, संस्कृति, रिती रिवाज, देश, समाज र परिवारको इज्जत हो भन्ने युगौ देखि धर्मग्रन्थ तथा धर्म गुरुहरुले दिनुभएको मूल मन्त्रकै कारण यो संसार विश्वासमा चलेको छ । अझ युगौ युग सम्म चल्ने बैज्ञानीक आधारहरु पनि थुपै्र छन् ।

यस पावन अवसरमा भक्तजनहरुलाई यज्ञमा उपस्थित भएर देश र आम मानवको कल्याणका लागि शान्तिको कामना गर्न समेत अपिल गर्नुभयो ।

यज्ञमा सहभागी हुने इच्छुक भक्तजनहरुले स्वेच्छीक रुपमा आफन्तको नाममा सहयोग स्वरुप रकम समेत उपलब्ध गराएका थिए । सहयोगी भक्तजनहरुलाई संस्थाका कोषाध्यक्ष शिबचन्द्र माकजूले युगल महायज्ञको भक्तिभाव झल्कने खादा ओढाएर सम्मान गर्नुभएको थियो ।

गोर्बधन पूजाका समय गुरु पुरोहितहरुले गोर्बधनको पहाड उचालेर मूल पुराण भनेको थलोमा पुर्याए लगतै भक्तजनहरुले फलफूल, दही, दुध, मिठाई लगायतका प्रसादहरु टाउकोमा बोकेर तीनपटक मन्दिर परिसरको परिक्रमा गर्दै नित्य कार्यमा जुटेका थिए ।