काठमाडाैं । नेपाल तरुण दल ६ नम्बर वडा इकाई समितिको आयोजनामा नव वर्ष २०७६ को अवसरमा शुभकामना दौड हुने भएको छ ।
५ किलोमिटर दुरीको दौडमा मकवानपुर जिल्लामा स्थायी रुपमा बसोवास भएका व्यक्तिहरुले सहभागिता जनाउन सक्ने तरुण दल ६ नम्बर वडाका अध्यक्ष राजकुमार बास्तोलाले जानकारी दिए । तरुण दलले नयाँ वर्षको अवसरमा आयोजना गर्ने शुभकामना दौडको यो छैठौँ संस्करण हो ।
प्रतियोगितामा प्रथम हुनेले नगद १५ हजार, दोश्रोले १० हजार र तेश्रोले ५ हजार रुपैयाँ सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता सम्पन्न गर्न ८० हजार रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागिता जनाउन ईच्छुक प्रतियोगिले नेपाली काँग्रेस पार्टी कार्यालय, हेटौंडा कान्तिराजपथमा रहेको सापकोटा हार्डवेयर र काँग्रेस ६ नम्बर वडा कार्यालयमा सम्पर्क गरी फारम भर्ने व्यवस्था मिलाईएको आयोजकले जनाएको छ ।











प्रतिक्रिया