यू १६ राष्ट्रिय क्रिकेट हुँदै



काठमाडौं, (नेस)
एसीसी यू१६ इस्टर्न रिजन प्रतियोगिताको छनोटका लागि मंगलबारदेखि त्रिवि क्रिकेट मैदानमा यू१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ ।

चैत २५ गतेसम्म चल्ने प्रतियोगितामा ७ प्रदेशका टोलीले सहभागिता जनाउनेछन् । प्रतियोगिताका ७ प्रदेशलाई दुई समुहमा विभाजन गरिएको छ । प्रत्येक समुहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । यसै अप्रिल १८ देखि २९ सम्म थाईल्यान्डमा हुन लागेको एसीसी यू(१६ इस्टर्न रिजनको लागि यसै प्रतियोगिताबाट खेलाडी छनोट गरिनेछ ।

प्रारम्भिक छनोटमा २५ खेलाडी र त्यसपछि १४ खेलाडी अन्तिम टोलीमा छनोट हुनेछन् । प्रतियोगिताको विजेताले १ लाख ५० हजार बराबरको खेल सामग्री प्राप्त गर्नेछ भने उपविजेताले ७५ हजार बराबरको खेलकुद सामग्री पाउनेछ । प्रतियोगिताको व्यास्थापन मदन भण्डारी स्पोर्ट्स एकेडेमीले गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्