मार्जिन कारोबार सञ्चालन गर्न ब्रोकर कम्पनीलाई अनुमति

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
मार्जिन कारोबारका लागि क्रिस्टल कञ्चनजंघा सेक्युरिटिजले सञ्चालन अनुमति पाएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सिफारिसमा नेपाल राष्ट्र बैंकले सो कम्पनीलाई स्वीकृति दिएको हो ।

नेपाल राष्ट्र बैंकले कारोबार सञ्चालनका निम्ति स्वीकृति प्रदान गरे पनि कारोबारको अन्तिम स्वीकृति भने नेप्सेले नै दिनुपर्ने बताइएको छ । नेप्सेले सेक्युर्ड सेक्युरिटिजलाई पनि मार्जिन कारोबारका निम्ति नाम सिफारिस गरेर नेपाल राष्ट्र बंैक समक्ष पठाएको छ । नेप्सेले मार्जिन कारोबारका लागि योग्य ब्रोकर कम्पनीस“ग गत फागुन १४ गतेदेखि आवेदन खुला गरेपछि हालसम्म १६ ब्रोकर कम्पनीले मार्जिन कारोबार गर्न अनुमति माग्दै नेप्सेमा आवेदन दिएका छन् । यसअघि नेप्सेले मार्जिन कारोबारका लागि योग्य कम्पनीहरू छनोट गरेको थियो । मार्जिन कारोबारका लागि योग्य कम्पनीहरूमा एभरेष्ट बैंक, ग्लोबल आइएमई बैंक, माछापुच्छ«े बैंक, नेपाल बंगलादेश बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एनआईसी एसिया बैंक, सानिमा बैंक, नेपाल एसबीआई बैंक, सनराइज बैंक, सिद्धार्थ बैंक, हिमायलन बैंक रहेका छन् ।

त्यस्तै गरिमा विकास बैंक, मुक्तिनाथ विकास बैंक, कैलाश विकास बैंक, पूर्णिमा विकास बैंक, तिनाउ डेभलपमेन्ट बैंक, गण्डकी विकास बैंक छन् । साथै आरएसडीसी लघुवित्त, विजय लघुवित्त, वोमी माइक्रोफाइनान्स, आरएमडिसी, एनएमबी माइक्रोफाइनान्स, फर्वार्ड कम्युनिटी, लक्ष्मी लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, नेशनल माइक्रोफाइनान्स, चिलिमे जलविद्युत् कम्पनी, बुटवल पावर कम्पनी, ङादी ग्रुप पावर, ओरियन्टल होटल र नेपाल टेलिकम रहेका छन् ।

मार्जिन कारोबार सुविधा दिनका लागि १० हजार शेयरधनी भएको, कम्पनीको खूद सम्पत्ति चुक्ता पु“जीभन्दा कम नरहेको, पछिल्लो दुई आर्थिक वर्षमा कम्तीमा १० प्रतिशत लाभांश वितरण गरेको, दोस्रो बजारमा अघिल्लो आर्थिक वर्षभर कम्तीमा ८० प्रतिशत कारोबार दिनमा शेयर कारोबार भएको तथा आर्थिक वर्षको पहिलो ६ महिनामा वार्षिक साधारणसभा सम्पन्न गरेको हुनुपर्नेछ ।
यसैबीच नेप्से परिसूचक सोमबार ६ दशमलव ४३ विन्दुले बढेर ११४९ दशमलव ९९ विन्दुमा पुगेको छ । कुल १७१ कम्पनीका १२ लाख ६५ हजार ६६२ कित्ता शेयर ३५ करोड २८ लाख १० हजार रुपिया“मा कारोबार भएको छ । समग्र परिसूचक बढेका दिन महालक्षमी माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ५ दशमलव ४५ प्रतिशत कमाएका छन् । त्यस्तै ४ दशमलव ९५ प्रतिशतले कमाउ“दै अरुण कावेली हाइड्रोपावर, ४ दशमलव ९२ प्रतिशतले कमाउ“दै हिमालयन पावर पार्टर अग्रस्थानमा छ । युनिभर्सल पावर कम्पनीका शेयरधनीले भने सबैभन्दा धैरै ९ दशमलव ८७ प्रतिशतले गुमाएका छन्,

त्यस्तै कञ्चन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ७, किसान माइक्रोफाइनान्स ५ दशमलव ९८, सूर्योदय लघुवित्तका लगानीकर्ताले साढे ५ प्रतिशत गुमाएका छन् ।

सोमबार कारोबार भएका १० उपसमूहमध्ये उत्पादन समूह र अन्य घटेका छन् भने बा“की सबै उपसमूहमा सुधार भएको छ ।
सोमबार एनआईसी एसिया बैंकका सबैभन्दा धेरै २ करोड २० लाख ७८ हजार रुपिया“को शेयर कारोबार भएको छ । यस्तै प्रभु बैंकको २ करोड ११ लाख, एनएमबी बैंकको १ करोड ६३ लाख, नेपाल बैंकको १ करोड ३१ लाख, महालक्ष्मी विकास बैंकको १ करोड १९ लाख र एभरेष्ट बैंकको १ करोड १३ लाख रुपिया“को शेयर कारोबार भएको छ ।