व्यवसायीको मागअनुसार सुन उपलब्ध गराउन सरकार तयार

0
Shares

नेपाल समाचारपत्र, बुटवल
अर्थमन्त्री डा. युवराज खतिवडाले लगानी सम्मेलन उत्साहजनक रुपमा सम्पन्न भएको र सम्मेलनले लगानीकर्तालाई उत्साहित बनाएको बताउनु भएको छ । नेपाल सुनचा“दी व्यवसायी महासंघको छैठौं वार्षिक साधारणसभाको सोमबार रुपन्देहीको मणिग्राममा उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले सो कुरा बताउनुभएको हो ।

उहा“ले खानीजन्य उद्योगमा लगानी गर्न व्यवसायीलाई आग्रह गर्दै लगानीका लागि आए सरकारले व्यवसायीसं“ग बसेर छलफल गर्न तयार रहेको बताउनु भयो ।

उहा“ले मुलुक संघीयतामा गएपछि तीन तहका सरकारले छुट्टा छुट्टै ऐन कानुन निर्माण गर्नुपर्ने भएकाले अहिले औद्योगिक प्रशासनमा द्विविधा उत्पन्न भएको बताउ“दै आगामी बजेट अधिवेशनबाट त्यो द्विविधा अन्त्य हुने दाबी गर्नुभयो । मन्त्री खतिवडाले औद्योगिक व्यवसाय ऐनमा संशोधन गरी संसदमा लगिएको भए पनि अधिवेशन अन्त्य भएकाले प्रस्तुत हुन नसकेको र आगामी अधिवेशनमा ल्याइने जानकारी गराउनु भयो । उक्त ऐन आएपछि औद्योगिक प्रशासनमा देखिएको द्विविधाको अन्त्य हुने उहा“ले दाबी गर्नुभयो ।

उहा“ले सुनचा“दी व्यवसायीको मागअनुसार सुन उपलब्ध गराउन सरकार तयार रहेको बताउ“दै हालको व्यवस्थामा पुनरावलोकन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । आफू नेपाल राष्ट्र बैंकको गभर्नर रह“दा २०६६÷६७ मा भुक्तानी सन्तुलनमा समस्या भएकाले कोटा प्रणाली लागू गरिएको बताउ“दै उहा“ले व्यवसायीलाई मागअनुसार सुनचा“दी उपलब्ध गराउन सुन बैंक (वेयर हाउस जस्तै) प्रणालीमा कारोबार गर्न आवश्यक रहेको भनाइ राख्नुभयो ।

उहा“ले व्यवसायीले उठान गरेका समस्या सुन्ने मात्रै नभएर समस्या समाधानका लागि सरकार तयार रहेको बताउनुभयो । मन्त्री खतिवडाले व्यवसायीले बहुमूल्य धातुको कारोबार गर्ने भएकाले स्वयम् व्यवसायीले पनि सुरक्षित स्थान र सतर्कता अपनाउन तथा सुरक्षा उपकरण जडान गर्न आग्रह गर्नुभयो । त्यसमा सरकारको तर्फबाट आवश्यक सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रदेश पा“च उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले व्यवसायीले उठान गरेका समस्या सम्बोधनका लागि संघीय सरकारका अर्थमन्त्री खतिवडालाई आह्वान गर्दै कारोबारमा सजगता अपनाउन र लान्छना लाग्ने काम नगर्न व्यवसायीलाई पनि आग्रह गर्नुभयो ।