नेपाल प्रहरीको बेरुजु फछ्र्यौट उच्च

0
Shares

काठमाडौं, (नेस)
अन्य कार्यालयको तुलनामा बढी बेरुजु फछ्र्यौट गरेको भन्दै गृह मन्त्रालयले नेपाल प्रहरीका आईजीपीसहित मातहतका अधिकारीलाई पुरस्कृत गर्ने भएको छ ।

गृह मन्त्रालय मातहतका निकायमध्ये नेपाल प्रहरीले उच्च अंक ८५ दशमलव १४ प्रतिशत बेरुजु फछ्र्यौट गरी सर्वोत्कृष्ट अंक प्रँप्त गरेको छ । बेरुजु रकम न्यूनतम् बिन्दूमा झारेका कारण आईजीपी सर्वेन्द्र खनाल, प्रहरीको प्रबन्ध तथा मानव स्रँेत विभागका प्रमुख एआईजीपी ठुले राई, एसएसपी दीपक थापा, डीएसपी मदनकुमार थापा, प्रहरी निरीक्षक दिनेश तिमिल्सिना र प्रहरी जवान फनाधर खनाललाई आठ हजार र छ हजार नगद तथा प्रशंसापत्र गर्ने भएको छ ।