श्रमसम्बन्धी गुुनासो सुन्न कल सेन्टरका सञ्चालन

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सोमबार मन्त्रालयमा स्थापना गरिएको कल सेन्टरको उद्घाट गर्नु भएको छ ।

वैदेशिक रोजगार बोर्ड सचिवालयको व्यवस्थापनमा सञ्चालनमा ल्याइएको कल सेन्टरको प्रमुख उद्देश्य श्रम सम्बन्ध, आन्तरिक तथा वैदशिक रोजगार र सामाजिक सुरक्षा क्षेत्रस“ग सम्बन्धित सेवाग्राही एवम् सरोकारवालाहरूका समस्या, जिज्ञासा, गुनासा र सुझावलाई प्रत्यक्ष संकलन र सम्बोधन गर्ने रहेको छ ।

कल सेन्टरको सञ्चालनबाट मन्त्रालय र यसअन्तर्गतका निकायहरूको कार्यक्षेत्रसं“ग सम्बन्धित आधिकारिक सूचनाको तत्काल प्रवाह हुने तथा सेवाग्राहीका समस्याको शीघ्र सम्बोधन हुने विश्वास मन्त्रालयले लिएको छ ।
कल सेन्टरमार्फत मन्त्रालयले मुख्य गरी वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्डको सचिवालय, प्रधानमन्त्री रोजगार कार्यक्रम, सामाजिक सुरक्षा कोषको साथै मन्त्रालय मातहतका अन्य निकायबाट भइरहेका काम कारवाहीहरुबारे जिज्ञासा राख्ने, सरोकारवालालाई जानकारी दिने, रचनात्मक सुझाव प्राप्त गर्ने र गुनासाहरुको सुनुवाई गरी तत्काल समस्या समाधानको पहल गर्नेछ ।

वैदेशिक रोजगारीको क्षेत्रमा ठगी लगायतका समस्यामा परी न्यायको खोजीमा रहेकाहरू, विदेशमा विभिन्न कारणले अलपत्र परेका वा स्वास्थ्य समस्याबाट पीडित भई घर फर्किन चाहने, विविध कारणले मृत्यु भएका र अलपत्र परेका नेपाली कामदारको शव नेपाल ल्याउन नसकी समस्या परेकाहरू, झुठ्ठा मुद्दामा परी जेल सजाय भोगिरहेका कामदारलाई निःशुल्क कानुनी सहायताको आवश्यकता रहेकाहरू लगायत अन्य विविध समस्याबाट पीडित कामदारले अब सोझै कल सेन्टरमा सम्पर्क गरी सहायताका लागि अनुरोध गर्न सक्नेछन ।

वैदेशिक रोजगारस“ग सम्बन्धित पूर्वप्रस्थान अभिमुखीकरण कार्यक्रम, सीप विकास तालिम, वैदेशिक रोजगारीमा सुरक्षितरुपमा जान अपनाउनुपर्ने प्रक्रियाहरु, यस क्षेत्रमा आबद्ध सरकारबाट स्वीकृति प्राप्त निजी संघ संस्थाहरूबारे समेत यस कल सेन्टरबाट आधिकारिक जानकारी प्राप्त गर्न सकिनेछ ।

यस्तै गरी योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा सहभागी हुने प्रक्रिया र यस सम्बन्धमा भोग्नु परेका समस्याबारे तथा प्रधानमन्त्री रोजगार कार्यक्रमस“ग सम्बन्धित जिज्ञासा एवं समस्याको बारेमा समेत सेवाग्राहीले फोन सम्पर्क गरी गुनासो गर्न वा जानकारी हासिल गर्न सक्नेछन् । यसका साथै मन्त्रालय तथा सम्बन्धित महाशाखा र शाखाहरु, वैदेशिक रोजगार विभाग, श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग एवम् मातहतका कार्यालयहरुको कामकारवाही तथा वैदेशिक रोजगार बोर्ड सचिवालयको सेवा प्रवाहबारे समेत सेवाग्राहीहरुले जानकारी लिन वा गुनासो टिपाउन सक्ने व्यवस्था गरिएको छ ।

मन्त्रालय तथा मातहतका निकायहरुबारे कल सेन्टरमा दैनिक रुपमा प्राप्त हुने गुनासा सुनुवाई गरी तत्काल सम्बोधन गर्न वा जानकारी दिन कल सेन्टरबाट सम्बद्ध निकायमा सम्पर्क र समन्वय गर्ने र यस सम्बन्धमा सम्बन्धित निकायले तत्काल सम्बोधन गरेर नगरेको विषयमा मन्त्री, सचिव लगायत सम्बद्ध पदाधिकारीबाट नियमित अनुगमन एवं तारताकेता गर्न सक्ने व्यवस्था समेत मिलाइएको छ ।

यसरी गुनासो गर्न, सुझाव दिन वा जानकारी लिन चाहने सेवाग्राहीले स्वदेशबाट भए कल सेन्टरको सम्पर्क नम्बर ११४१ वा १६६००१५०००५ मा तथा विदेशबाट भए इमेल, फेसबुक, मेसेन्जर, इमो, भाइवर आदि जस्ता अनलाइन नेटवर्क मार्फत् निःशुल्करुपमा कल सेन्टरको सम्पर्क नम्बर ९७७१५९७०००८ मा (टेलिफोन गर्दा शुल्क लाग्ने) सम्पर्क गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

कल सेन्टरको सेवा हरेक दिन विहान ७ बजेदेखि बेलुकी ८ बजेसम्म उपलब्ध हुनेछ भने सेवाग्राहीको संख्या र मागलाई ध्यानमा राखी भविष्यमा यो सेवालाई आवश्यकताअनुसार २४संै घण्टा र निःशुल्क गराउने मन्त्रालयले जनाएको छ ।