महासंघद्वारा ५० लाखको राहत कोष स्थापना

0
Shares

काठमाडौं,(नेस)
आइतबार राति आएको आ“धीहुरी र वर्षातबाट बारा र पर्सा जिल्लामा ठूलो जनधनको क्षति भएकोप्रति नेपाल उद्योग वाणिज्य महासंघ दुःख व्यक्त गदै ५० लाख रुपिया“को राहत कोषको घोषणा गरेको छ ।

महासंघले विपद्मा परेका जनताको सहयोगार्थ तत्कालका लागि ५० लाख रुपिया“को राहत कोष स्थापान गरिएको जनाएको छ । ‘विपत्तिको यस घडीमा महासंघ, महासंघको प्रदेश २ च्याप्टर, त्यस क्षेत्रका महासंघका सदस्य बारा र पर्सा उद्योग वाणिज्य संघहरूलाई अग्रभागमा रहेर जनताको सेवामा लाग्न अपिल गर्दछ ।’ महासंघद्वारा जारी विज्ञप्ति भनिएको–‘अकल्पनीय यस विपत्तिमा परि ज्यान गुमाउनु हुनेका आफन्तजनप्रति गहिरो समवेदना प्रकट गर्दै घाइते जनताको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ । साथै महासंघ मृतात्माहरूको चीर शान्तिको कामना समेत गरेको छ ।’

महासंघले विपत्तिमा परेका जनताहरूको सहयोगार्थ आ–आफ्ना क्षेत्रबाट सकेको सहयोग जुटाई त्यस क्षेत्रमा पठाउन मुलुकभर रहेका आफ्ना सबै सदस्य संघ÷संस्थाहरूलाई अपिलसमेत गरेको छ ।