निजी कम्पनीका जहाजले यात्रुु नउडाएको भन्दै आन्दोलित

0
Shares

अर्जुन बोहरा, हुम्ला
हुम्लाको लागि उडान भर्दे आएका निजी कम्पनीका जहाजले मानिस उडाएर र काग्रो सामान मात्रै उडाएको भन्दै एयरलाइन्सप्रति स्थानीयले आक्रोश पोखेका छन् ।

आइतबार विहान सुर्खेत विमानस्थलबाट हुम्लाको लागि काग्रो उडान गरेको र हुम्ली यात्रुले विरोध जनाउ“दा प्रहरीले नियन्त्रणमा लिएको स्थानीय छवि थापाले बताउनुभयो । कयौं दिनसम्म पनि टिकट नपाएर बसेका यात्रुलाई उडाउन आग्रह गर्न जा“दा एयरलाइन्सका कर्मचारी र यात्रुबीच विवाद भएपछि प्रहरीले आफूलाई नियन्त्रणमा लिएर हिरासतमा राखेको अर्का हुम्ली राजेन्द्र शाहीले बताउनुभयो ।

तारा, सीता र गोमा एयरका जहाजले जहाज सुर्खेत विमानस्थलबाट हुम्लालगायतका जिल्लामा यात्रु उडान भर्ने सम्झौता भए पनि यात्रु नबोकेर सामान मात्रै बोक्ने गरेको परि कयौं दिनदेखि हुम्ला जान कुरेर बसेका चक्र बहादुर शाहीको भनाइ छ ।

सुर्खेत विमानास्थलबाट उडान भर्ने निजी कम्पनीका जहाजले यात्रु नबोकेको र मनपरी काग्रो समान उडान भरेको भन्दै यात्रुहरुले विरोध जनाउ“दै आएका छन् । विमानस्थलमा एयरलाइन्सका कर्मचारी र यात्रुबीच विवाद भएको र स्थिति तनावपूर्ण हुन नदिन दुई जना यात्रुलाई नियन्त्रण र पछि छोडिएको प्रहरीले जनाएको छ ।