हुरीबतासले २ हजार पोल डल्दा १५ करोडको नोक्सान

0
Shares

काठमाडौं, (नेस)
आइतबार रातिको हुरीबतासका कारण नेपाल विद्युत् प्राधिकरणलाई करिब १५ करोडको नोक्सान भएको छ । प्रारम्भिक अनुसार करिब २ हजार पोल र कैयौं ट्रान्सफर्मरमा क्षति उक्त नोक्सान भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार परावनीपुर–वीरगंज ६६ केभी डबल सर्किट लाइनमा क्षति पुगी विद्युत आपूर्ति बन्द अवस्थामा छ। साथै वीरगंज–कलैया ३३ केभी लाइन क्षतिग्रस्त भएको अवस्था छ । भारतबाट विद्युत् आयत हुने १३२ केभी रक्सौल–परवानीपुर प्रसारणलाइन तथा ३३ केभी रक्सौल–वीरगन्ज प्रसारण् लाइन क्षतिग्रस्त भई उक्त लाइनहरुबाट विद्युत आयत बन्द अवस्थामा रहेको प्राधिकरणले जनाएको छ।

त्यस्तै कलैया वितरण केन्द्रअन्तर्गतको विद्युत प्रणालीमा मात्र हजारदेखि १५ सय विद्युत पोलहरु लडेको छन् र विद्युत तारहरु विभिन्न स्थानमा चुँ“डिएका छन् । प्राधिकरणका अनुसार कलैयास्थित प्राधिकरणको सबस्टेशन आइतबार नै चन्द्रनिगाहपुर सबस्टेशनबाट चार्ज गरी बजार क्षेत्रमा विद्युत् आपूर्तिको व्यवस्था मिलाइएको छ । चा“डोभन्दा चा“डो विद्युत् प्रणालीको मर्मत संभार गरी विद्युत् आपूर्ति सूचारु गर्न प्राधिकरणले आफ्नो सम्पूर्ण साधन स्रोत परिचालन गरिसकेको प्राधिकरणको भनाइ छ ।