बूढीगण्डकीको मुआब्जा दिन प्रयाप्त पैसा छ: ऊर्जामन्त्री

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
जनताको जलविद्युत् कार्यक्रमको अनुसूची हेरफेर गरेर सान्जेन जलविद्युत् आयोजना र रसुवागढी जलविद्युत् आयोजनालाई जनताको जलविद्युत् कार्यक्रममा समावेश गरिएको छ । ऊर्जा, जलस्रोत तथा सि“चाइमन्त्री वर्षमान पुनको अध्यक्षतामा सोमबार बसेकोे जनताको जलविद्युत् संयोजन समितिकोे बैठकले दुवै आयोजनाको १ करोड ५४ लाख कित्ता शेयर जारी गर्ने निर्णयसमेत गरेको छ ।

यसैबीच बूढीगण्डकी जलविद्युत् आयोजनाको बारेमा पनि सोमबार नै छलफल भएको छ । पुर्नस्थापना, पुर्नबास तथा मुआब्जा निर्धारणसं“ग सम्बन्धित विषयमा भएको छलफलमा थियो । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, गोरखा र धादिङका जनप्रतिनिधि, प्रदेशका मन्त्रीहरुका साथै दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु सहभागी बैठकमा ऊर्जामन्त्री वर्षमान पुनले सरकारसं“ग मुआब्जा वितरणका लागि पर्याप्त बजेट भएको भन्दै यो वर्ष मुआब्जा वितरणको काम अघि बढ्ने बताउनुभयो । उहा“ंले पुर्नबास र पुर्नस्थापनासम्बन्धी नीति मन्त्रिपरिषद्बाट स्वीकृत गराउने तयारी भएको जानकारी दिनुभयो ।

उक्त नीति पारित भएसं“गै मुआब्जा वितरणमा सहज हुने उहा“ंको भनाइ थियो । बूढीगण्डकी जलविद्युत् परियोजना राष्ट्रिय गौरवको आयोजना भएकाले जसरी पनि अगाडि बढ्ने उहा“ंले बताउनुभयो ।‘हामीसं“ग मुआब्जा वितरणका लागि प्रयाप्त पैसा छ, आयोजना लोडसेन्टरको नजिक भएकाले पनि निकै महत्वपुर्ण छ , यो आयोजनाको मुआव्जा वितरणको लागि पैसाको कमी हुँदैन, सरकार जसरी पनि यो आयोजना अघि बढाउंछ ।’ मन्त्री पुनले भन्नुभयो ।