नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला सम्पन्न

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
सन् २०२० को मार्चमा नवौं संस्करण आयोजना गर्ने घोषणासहित नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०१९ को आठौं संस्करण सोमबार समापन भएको छ ।

चैत १४ गते प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्घाटन गरिएको मेला पा“च दिनसम्म चलेको थियो । मेला १ लाख २५ हजारले अवलोकन गरेका छन् । मेलामा प्रत्यक्ष अप्रत्यक्ष गरी करिब १६ करोडको कारोबार भएको अनुमान आयोजकको छ ।

मेला नेपाल उद्योग वाणिज्य महासंघद्वारा वाणिज्य मन्त्रालयको सहयोग, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रवद्र्धनमा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सहआयोजनामा क्यालेन्डर इभेन्टको रूपमा आयोजना गरिएको हो ।

मेलामा चीनबाट ९०, वंगलादेशबाट ४०, भारतबाट १०, पाकिस्तानबाट २ र नेपालबाट ८३ वटा स्टलमा उत्पादन, प्रविधि तथा सेवाहरूको प्रर्दशनी गरिएको थियो

मेलाको चीनबाट ९२ वटा कम्पनीका लगानीकर्ताहरूले अवलोकन गरेका थिए । मेलाको सार्क क्षेत्रबाट आएको प्रतिनिधिमण्डलहरुले समेत अवलोकन गरेका थिए । मेला अवधिमा नेपाली र चिनिया“ व्यवसायीबीच कृषि क्षेत्रमा संयुक्त लगानीका लागि विभिन्न ९ वटा क्षेत्रमा सहकार्य गर्ने सम्बन्धी सहमतीपत्रमा हस्ताक्षर भएको छ । साथै दुवै देशबीच व्यावसायिक भेटवार्तासमेत सम्पन्न भएको छ । मेलाको नेपालस्थित कूटनीतिक नियोगका पदाधिकारीहरुले अवलोकन गर्नुका साथै नेपाली निर्यातयोग्य वस्तुको खरिदमा चासो दिएका थिए ।

महासंघले मेलालाई राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा स्थापित बनाउन क्यालेन्डर इभेन्टको रूपमा आयोजना गर्दै आएको छ । मेला महोत्सव आयोजनाको मुख्य थलो भृकुटीमण्डपको पूर्वाधार जीर्ण भएकाले यसमा सुधारमात्र गर्न सके पनि मेला महोत्सव आयोजनालाई अझ स्तरीय बनाउन मद्दत पुग्ने महासंघले जनाएको छ ।

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला हस्तकलाका उत्पादनहरू, एनटीआइएस प्रोडक्टहरू प्रमुख आकर्षणका रुपमा रहेका थिए । मेलामा हस्तकला, पर्यटन, सूचना प्रविधि एवं व्यावसायिक सूचना, कृषि उत्पादन, उर्जा, भवन तथा निर्माणसम्बन्धी, शिक्षा, आदिका छुट्टाछुट्टै स्टलहरू रहेका छन् ।
महासंघले मेलालाई नेपालमा लगानी आकर्षण तथा अन्तर्राष्ट्रिय व्यावसायिक सम्बन्ध विस्तारमा एक महत्वपूर्ण कडीका रूपमा हेरेको छ । राष्ट्रिय अन्तर्राष्ट्रियतहमा एउटा विशिष्ठ पहिचान बनाइसकेको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको नियमित आयोजनाबाट नेपालमा अन्तर्राष्ट्रिय लगानी तथा प्रविधि आकर्षण गर्न, नेपाली उत्पादनहरूको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गरी समग्रमा मुलुकको अर्थतन्त्रलाई माथि उठाउन सघाउ पुगेको विश्वास महासंघको छ ।