मोटरसाइकल चोरी गर्ने पत्रकार र विद्यार्थीसहित ५ जना पक्राउ

0
Shares

विराटनगर ।
विराटनगर महानगरपालिका क्षेत्रबाट विभिन्न समयमा चोरी भएका पाँच थान मोटरसाइल चोरीमा संलग्न भएको आरोपमा पाँच जनालाई पक्राउ गरी आज यहाँ जिल्ला प्रहरी कार्यालय मोरङले सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा सिरहा लहान नगरपालिका–६ का घर भई विराटनगर–४ बस्ने विजयकुमार यादव, वुर्जु गाउँपालिका घर भई विराटनगर–५ वरगाछी बस्ने मनोजुकमार चौधरी, विराटनगर–१४ का अनुज यादव र सोही स्थानका सोनेलाल महतो तथा सिरहा नगरपालिका–२२ का सुनिल यादव रहेका छन् । प्रहरीले को३५प ९७६३, को२५प ५२५१, को२८प ४९७४, को३५प ३१२० र नम्बर प्लेट बिनाको पार्टपुर्जा खोलिएको एक थान मोटरसाइकल पनि बरामद गरेको छ ।

विजयकुमार यादव स्थानीय एक कलेजमा एमबिबिएसका विद्यार्थी हुन् भने चौधरी एक सञ्चारमाध्यममा कार्यरत पत्रकार रहेको प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बताउनुभयो । पक्राउ परेकालाई मुलकी फौजदारी अपराध ९संहिता० २०७४ को चोरी कसुरअन्तर्गत मोरङ जिल्ला अदालतबाट म्याद लिई आवश्यक अनुसन्धान थालिएको छ ।