हावाहुरी प्रभावित क्षेत्रमा ४६८ थान त्रिपाल, ४१३८ थान सर्ट–पाइन्ट र २ रोल कपडा पुग्यो

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

हावा हुरी प्रभावित क्षेत्रमा ४६८ थान त्रिपाल र टेन्ट, ४ हजार एक सय ३८ थान सर्ट पाइन्टसहित अन्य कपडा र २ रोलसहित ३ ट्रक सामान बारा पठाईएको छ । उक्त सम्पूर्ण सामानहरु गृह मन्त्रालयको समन्वयमा सोमबार काठमाडौँबाट पठाईएको हो ।

५ सय घर परिवार प्रभावित भएको जानकारीका आधारमा त्यति मात्रै त्रिपाल पठाइएको गृह मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार बारा जिल्लामा १५० वटा त्रिपाल मौज्दात रहेका छन् ।

घटनास्थलमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, गृहसचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल सहितको टोली उक्त क्षेत्रको अवलोकन गर्न पुगेको थियो ।

गृह मन्त्रालयले अकस्मात आएको अकल्पणीय घटनाप्रति दुःख व्यक्त गरेको छ ।