न्यायिक समितिको क्षमता अभिवृृद्धि

0
Shares

धनवीर दाहाल, रुकुम ।
हरेक स्थानीय तहमा रहेका न्यायिक समितीहरुलाई क्षमता अभिबृद्धि गर्ने क्रममा रुकुम पश्चिमको बाँफिकोटमा शोमबार बाट सुरु भएको छ । दुई सम्म चल्ने कार्यक्रममा न्यायिक समितीमा देखिएका जटिलता र त्यसको समाधानका लागी अन्र्तक्रियात्मक छलफल भइरहेको छ । बाँफीकोट गाँउपालिकामा रहेका १० वडाका वडा अध्यक्ष, गाँउपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत तथा न्यायिक समितीका सदस्य र न्यायिक समितीका अधिकृत कार्यक्रममा सहभागी छन् । शोमबार बाँफीकोट गाँउपालिकाका अध्यक्ष धर्मबहादुर के.सीले कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।

उद्घाटन गर्नुहुँदै अध्यक्ष के.सीले संबिधानले दिएका अधिकार भित्र रहेर स्थानीय न्यायिक समितीले कार्यसम्पादन गरिरहेको बताउनुभयो । काम गर्ने क्रममा भएका केही अन्यौलतालाई हटाउन दुई दिनको अन्र्तक्रियाले थप मद्धत गर्ने बिश्वास व्यक्त गर्नुभयो । गाँउपालिका उपाध्यक्ष मनकला पुन, कार्यक्रमका प्रशिक्षक एवं पुनराबेदन अदालत पाटनका पुर्व मुख्य न्यायधिस यकराज आचार्य, नेपाल सरकारका पुर्व सहसचिव बिष्णुबहादुर थापा, बाँफीकोट गाँउपालिका प्रमुख प्रशासकिय अधिकृत महेश गुरुङ लगाएतको उपस्थिती छ । ग्रामिण युवा सरोकार केन्द्र नेपालले उनीहरुका लागी यस्तो अवसर जुटाईदिएको हो ।

न्यायिक समितीका कानुनी तथा प्रशासनिक जटिलता र समाधानका प्रक्रियाहरुको बारेमा दुई दिन सम्म छलफल गरिने युवा सरोकार केन्द्रका संस्थापक अध्यक्ष पुस्तक चन्दले बताउनुभयो । न्यायिक समितीले हाल सम्म गरेका कामको समिक्षा अर्थात काम गर्दा आएका जटिलता र त्यसको समाधानका लागी अपनाइएका प्रक्रियाका बारेमा अनुभव आदान प्रदान गरिएको छ । कार्यक्रमको उद्धेश्यबारे ग्रामिण युवा सरोकार केन्द्रका कार्यकारी निर्देशक विकास ज्ञवालीले प्रष्ट पार्नुभएको थियो ।