त्रिविका विद्यार्थी सगरमाथा चढ्ने तयारीमा

0
Shares

काठमाडौँ ।
त्रिभुवन विश्वविद्यालय मानवशास्त्र केन्द्रीय विभागमा अध्ययनरत् विद्यार्थी दावा शेर्पा सगरमाथा चढ्ने भएका छन् । सोलुखुम्बुको दूधकुण्ड नगरपालिका घर भएका शेर्पा मानवशास्त्र केन्द्रीय विभागमा शोधपत्र गर्दै गरिरहेका विद्यार्थी हुनुहुन्छ ।

शेर्पाले सगरमाथाको शिखर चुम्ने विश्वविद्यालयको पहिलो छात्रका रुपमा विश्व कीर्तिमान कायम राख्ने लक्ष्य राख्नुभएको छ । त्रिवि उपकुलपति प्रा डा तीर्थराज खनियाँले शेर्पालाई त्रिवि र नेपालको झण्डा दिएर सगरमाथा आरोहणको शुभकामना दिनुभयो ।

उहाँले विश्वविद्यालयको नाममा विश्वकै पहिलो विद्यार्थीको विश्व कीर्तिमान राख्न गइरहेका दावा शेर्पाको सफल आरोहणको कामना गर्नुभयो । विसं २०४२ जेठ १५ गते सोलुखुम्बुमा जन्मनुभएका शेर्पा पर्वतारोहण व्यवसायमा संलग्न रहँदै आउनुभएको छ । पर्वतारोहण सम्बन्धि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालीम प्राप्त गरिसक्नुभएका उहाँले आफू सानैदेखि हिमाल चढ्न सौखिन रहेको बताउनुभयो । शेर्पाले आगामी मे ५ तारिखदेखि आरोहण थाल्नुहुनेछ ।
रासस