गुणस्तरहीन निर्माण सामग्रीको प्रयोग, असिना पानीले नै भत्कियो निर्माणाधीन रेल्वेयार्ड

0
Shares

सरोज यादव, विराटनगर
भारत सरकारको लगानीमा विराटनगरमा निर्माणाधिन बहुपतिक्षित रेल्वेयार्डमा गुणस्तरहीन निर्माण सामाग्रीको प्रयोग भएको भेटिएको छ । शनिवार राति परेको सामान्य पानीले नै निमार्णाधीन र्याड भत्किएपछि निमार्णमा गुणस्तरहीन निमार्ण सामाग्रीको प्रयोग भएको देखिएको हो ।

शनिवार राति विराटनगरक्षेत्रमा परेको सामान्य असिना पानीले विराटनगरक्षेत्रमा क्षतिको विवरण प्राप्त नभएपनि विराटनगर १८ मा निर्माणाधिन रेल्वेयार्डमा भने क्षति पुगेको छ ।

असिना पानीका कारण रेल्वे ट्रयाकको मध्य भागमा निर्माण गरिएको नाला भत्किएको छ भने यार्डको कम्पाउण्ड पर्खालमा क्षति पुगेको छ । रेलयार्डको लिकको मध्यबाट फोहोर पानी बगाउन बनाइएको पुर्वतर्फको नालाको १ सय ८० मिटर भत्किएको छ ।

सो ठांउमा निर्माण गरिएको ६ सय २५ मिटर नालामध्ये १८० मिटर नाला भास्सिएर भत्किएको हो । निर्माण पक्षका ठेकेदारका प्रतिनिधिले शनिवार राति असाधारणरुपमा परेको असिनाका कारण नाला भत्किएको र पर्खालमा समेत क्षति पुगेको दाबी गरेका छन । ठेकेदारका प्रतिनिधि संजीव देवले नालाको छेउमा ठूलो संख्यामा असिना जम्मा भएका कारण लोड थाम्न नसकेर नाला भास्सिएको दाबी गरे । यस्तै ठुल्ठुला साइजका असिनाबाट कम्पाण्डको पर्खालमा चोट लागेका कारण पर्खालको प्लास्टर उक्किएको उनको भनाइ छ ।

ठेकेदार पक्षका देवले यस्तो दाबी गरिरहंदा असिनाको चोटबाट क्षतिग्रस्त भएको भनिएको पर्खालको गुण्स्तरहेर्दा हातको एक औलाले मात्र पर्खालको प्लास्टर बालुवाको पाप्रो झैं उक्किएको भेटिएको छ । नेपाल र भारत सरकारबीच सन् २०१० मा विभिन्न ५ स्थानमा रेलमार्ग विस्तार गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको थियो । जसअनुसार यसको सम्पूर्ण खर्च भारत सरकारले बेहोर्ने र नेपालतर्फको जमिनको मुआब्जा नेपाल सरकारले व्यहोर्ने समझदारी भएको थियो ।

भारतको बथनाहादेखि कटहरी सम्मको १८.५ किमी रेल्वे लिगमध्ये भारततर्फ ५.५ किमी रहेको छ भने नेपालतर्फ १३ किमी रहेको छ । भारत सरकारले रेल्वे लिग स्टेशन विल्डिङ्ग, यात्रु प्रतिक्षालय, बुधनगरमा संयुक्त चेक प्वान्ट समेत निर्माण गरिदिने सम्झौतामा रहेको छ ।

रेल्वे लिग निर्माणको लागि भारत सरकारले भारतको रेल्वे कष्ट्रक्सन कम्पनी इर्कन इन्टरनेशनललाई ठेक्का दिएको छ । भारत सरकारले भारतको बथनाहादेखि नेपालतर्फको बुधनगर कटहरी सम्मको रेल्वे लिग निर्माणका लागि ठेकेदार कम्पनीलाई दुई सय ३८ करोड भारुमा ठेक्का दिएको जनाईएको छ ।