जनप्रतिनिधिको घरमा दिउँसै सात लाखको धनमाल चोरी

0
Shares

भद्रपुर ।
झापाका एक जनप्रतिनिधिको घरमा दिउँसै अनुमानित सातलाख रुपैयाँ मूल्य बराबरको धनमाल चोरी भएको छ । भद्रपुर नगरपालिका ९ का वडा सदस्य नुतन(नेत्र) पौडेलको घरमा चोरी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सदस्य पौडेलको प्रकाशपुर स्थित घरमा सोमबार मध्यान्ह् सुन,चाँदीका गरगहना तथा नगद गरी अनुमानित सातलाख बराबरको सामान चोरी भएको जिल्लाका डिएसपी महेन्द्र कुमार श्रेष्ठले जनाए । विहान ११ बजे नुतनले आमालाइ लिएर भत्ता लिन चन्द्रगढी आएका थिए ।

साढे १२ बजे घर पुग्दा घर पछाडिको गृलमा लगाएको ताला फुटाएर कोठमा राखिएको तीन ओटा दराजमा रहेको ११ तोला सुन, २५ तोला चाँदी र २० हजार नगद चोरी भएको परिवारले जनाएका छन् । घरमा कोही नभएको मौका पारेर सोही समयमा धनमाल चोरी भएको पीडित पौडेलले जनाए । घटनापछि प्रहरीले अनुसन्धान गरी चोरी गर्नेको खोज तलास गरिरहेको प्रहरीले जनाएको छ ।