मुख्यसचिव रेग्मीको नेतृत्वमा बेरुजु फछ्र्यौट तथा अनुगमन समिति गठन

0
Shares

काठमाडौं ।
नेपाल सरकारले मुख्यसचिव लोकदर्शन रेग्मीको नेतृत्वमा बेरुजु फछ्र्यौट तथा अनुगमन समिति गठन गरेर बेरुजुको अंकलाई न्यूनतममा झार्ने अभियान थालेको छ । सरकारले महालेखा परीक्षकको कार्यालयले प्रस्तुत गरेको २०७३/०७४ आर्थिक वर्षको बेरुजु रकम रु. ५ खर्ब आठ करोड रहेकाले त्यसको फछ्र्यौटका लागि अनुगमन समिति गठन गरेको हो ।

२०७३/०७४ को महालेखा परीक्षकको प्रतिवेदनले उल्लेख गरेको बेरुजु मध्ये गृह मन्त्रालय अन्तरगतका ८८४ कार्यालय मध्ये ३३९ कार्यालयहरुमा बेरुजु रकमको अंक २ अर्ब ३१ करोड ६६ लाख आठ हजार रहेको थियो ।

त्यसमा नेपाल प्रहरी अन्तरगतका ४४१ कार्यालय मध्ये १२९ कार्यालयहरुमा रु. ४९ करोड ५५ लाख ५३ हजार बेरुजु देखिएको थियो । गृह मन्त्रालय अन्तरगतको रु. २ अर्ब ३१ करोड ६६ लाख आठ हजार यो बेरुजु रकम तात्कालीन गृह सचिव नारायण गोपाल मलेगो९२०७३ साउन १ गतेदेखि २०७३ कात्तिक २० गते र अर्का तात्कालीन गृह सचिव लोकदर्शन रेग्मी २०७३ मंसिर १ गतेदेखि २०७४ असार ३१ गतेसम्म रहँदा बेरुजु रकम रु २ अर्ब ५३ करोड ६८ लाख ९७ रहेको थियो ।

प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालको नेतृत्वमा रहेको नेपाल प्रहरी सम्पूर्ण सरकारी निकाय मध्ये ८५.१४ प्रतिशत बेरुजु फछ्र्यौट गर्न सफल भएर सर्वाेत्कृष्ट अंक प्राप्त गरेको स्रोतको भनाई छ ।

बेरुजु फछ्र्यौटमा सर्वाेत्कृष्ट अंक प्राप्प्त गर्ने आईजीपी खनाल, प्रबन्ध तथा मानव स्रोत विभाका प्रमुख तथा एआईजीपी ठुले राई, एसएसपी दीपक थापा, डीएसपी मदनकुमार थापा, प्रहरी निरीक्षक दिनेश तिमिल्सिना र प्रहरी जवान फनाधर खनाललाई गृह मन्त्रालयले पुरस्कृत गर्ने निर्णय गरेको छ ।

८५.१४ प्रतिशत बेरुजु फछ्र्यौट गर्न सफल आईजीपी खनाललाई आठ हजार नगदसहित प्रशंसा पत्रद्वारा सम्मान गरिदैँछ भने अन्य चार जना एसएसपी, थापा, डीएसपी थापा, इन्स्पेक्टर तिमिल्सिना र प्रहरी जवान खनाललाई ६/६ हजार नगद तथा प्रशंसा पत्रद्वारा गृहसम्मान गर्ने निर्णय गृह मन्त्रालयले गरेको छ ।