राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर विगारेर सामाजिक संजालमा पोष्‍ट गर्ने पक्राउ

0
Shares

काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपि शर्मा ओलीको अशोभनीय खालका तस्वीर सामाजिक संजालमा पोष्‍ट गर्ने २ जना पक्राउ परेका पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पाल्पा परान्दी गाउँपालिका(७ का २२ वर्षीय निर्मल गैरे र रुपन्देही साबिक शंकरनगर गाबिस(८ का २३ वर्षीय यमप्रसाद पन्थी रहेका छन् । गैरेलाई चैत १२ गते भक्तपुर नयाँठिमीबाट र पन्थीलाई चैत १३ गते चितवनबाट सो ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
दुवै जनालाई विद्युतीय ९ईलेक्ट्रोनिक० कारोबार ऐन, २०६३ अन्तर्गतको मुद्दामा आवश्यक अनुसन्धान कार्य भइरहेको सो ब्यूरोले जनाएको छ ।