नायब सुब्बा १५ हजार घूससहित पक्राउ

0
Shares

भक्तपुर ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व कार्यालय भक्तपुरका नायव सुब्बा सविन सुवेदीलाई १५ हजार घुससहित पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नासु सुवेदीलाई रंगेहात पक्राउ गरेको हो । सेवाग्राहीसँग कर समायोजन गर्न नासु सुवेदीले १५ हजार रुपैया घुस मागेका थिए ।

तर सेवाग्राहीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएपछि टोलीले नासु सुवेदीलाई रंगहात पक्राउ गरेको हो ।
अख्तियारको टोलीले नासु सुवेदीको कार्यकक्षमै घुस रकम सहित नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।