महिला फुटबलर म्यानमार प्रस्थान



काठमाडौं, (नेस)
सन् २०२० मा जापानको राजधानी टोकियोमा हुने ग्रीष्मकालीन ओलम्पिकको लागि छनोट खेल्न नेपाली राष्ट्रिय महिला फुटबल टोली आइतवार म्यानमार प्रस्थान गरेको छ ।

एसियन रिजनको दोस्रो चरणको छनोट खेल्ने टोलीलाई आइतवार बिहान अखिल नेपाल फुटबल संघ एन्फाले बिदाइ गरेको थियो । यसअघि म्यानमारमै भएको पहिलो चरणको एसियन छनोटमा नेपालले आफ्नो समूहमा म्यानमार, भारत र बंगलादेशसँग बराबरी खेलेको थियो । बंगलादेशबाहेक बाँकी तीन टिम दोस्रो चरणमा प्रवेश गरेको थियो ।

यस पटक भने समूह ए मा नेपालले भारत र म्यानमार बाहेक इन्डोनेसियासँग पनि खेल्नेछ । नेपालले आफ्नो पहिलो खेल अप्रिल ३ मा आयोजक म्यानमारसँग खेल्नेछ । यस्तै अप्रिल ६ भारतसँग र अन्तिम खेल अप्रिल ९ मा इन्डोनेसियासँग खेल्नेछ । यस समुहको शीर्षस्थानमा रहने टिम अघिल्लो चरणमा प्रवेश गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्