ऐतिहासिक महिला क्रिकेट अक्सन सम्पन्न



काठमाडौं, (नेस)
नेपाली महिला क्रिकेटको इतिहासमा पहिलोपटक अक्सन सम्पन्न भएको छ ।
एनसीएल स्पोर्ट्सले आयोजना गर्न लागेको ओमेन्स टी–२० क्रिकेटका लिगको लागि आइतबार भएको अक्सनमा ८० खेलाडी सहभागी थिए । जसमध्ये ४ टिमले ५२ खेलाडी बोलकबोलमार्फत आफ्नो टिममा लिए । तीमध्ये १० खेलाडी सबैभन्दा महँगा मुल्यमा बिकेका छन् ।

रुबिना क्षेत्री मार्की प्लेयर रहेको भैरहवा क्वीन्सले सोन खड्का, इन्दु बर्मा र बिन्दु रावललाई अधिकतम मुल्य ७५ हजारमा आफ्नो टिममा पारे । यस्तै नेरी थापा मार्की प्लेयर रहेको काठमाडौं सुपर च्याम्पियन्स्ले ममता चौधरी, सरिता मगर र रोमा थापालाई ७५ हजारमै आफ्नो टिममा लिए ।

यसैगरी विराटनगर रोअरिङ लायोनेजले काजोल श्रेष्ठ, अप्सरी बेगमलाई ७५ हजारमै अनुधबन्ध ग¥यो भने धनगढी वन्डर वुमनले कविता कुँवर र ज्योति पाण्डेलाई ७५ हजारमै भित्रायो ।

यी महंगा १० खेलाडी एकभन्दा बढी टिमले बोलकबोल लगाएपछि लक्की ड्र मार्फत उल्लेखित टिमले आफ्नो बनाउन सफल भए । सहभागी ४ टिमले अक्सनमा १३ खेलाडी लिनका लागि ६ लाख ५० हजार खर्च गर्न पाउने थियो । त्यसमध्ये काठमाडौं र विराटनगरले समान ५ लाख २० हजार खर्चे ।

 

प्रतिक्रिया दिनुहोस्