सुनको कोटा प्रणाली खारेज गर्न व्यवसायी माग

0
Shares

नेपाल समाचारपत्र, बुटवल
सुनको आपूर्ति बढाउन तथा आयात गर्ने अधिकार अन्य कम्पनी तथा फर्मलाई समेत प्रदान गर्न व्यवसायीले माग गरेका छन् । अहिले सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले सुनको आयात गर्ने अधिकार बाणिज्य बैंकहरुलाई मात्रै प्रदान गरिएको र आयात गर्ने सिलिङ पनि कम भएकाले बढाउन माग गरेका हुन् ।

अहिले नेपालमा नेपाल राष्ट्र बैंकले दैनिक २० किलो सुन व्यवसायीलाई आपूर्ति गर्दै आएको छ । तर, व्यवसायीले भने दैनिक ३० देखि ३५ किलोसम्म बजार माग रहेको बताएका छन् ।

बजार मागअनुसार सरकारले पूर्ति नगरेका कारण बजारमा विभिन्न खाले चलखेल भइरहेको महासंघका वरिष्ठ उपाध्यक्ष मानिकरत्न बज्राचार्यले बताउनुभयो ।

नेपाल सुनचा“दी व्यवसायी महासंघको सोमबारदेखि बुटवलमा हुने छैठौं वार्षिक साधारणसभाको पूर्वसन्ध्यामा आइतबार बुटवलमा पत्रकार सम्मेलन गरी महासंघले सुनको आयात बढाउन, आयात गर्ने अधिकार बैंकसं“गै व्यवसायीलाई पनि दिन, बिल बिजक भएका गरगहनालाई आवश्यकताअनुसार ओसार पसार गर्न पाउने गरी ऐन कानुन बनाउन, सुन व्यवसायमा सरल कर नीति अवलम्बन गर्न सरकारसं“ग माग गरेको हो ।

त्यस्तै महासंघले प्रत्येक प्रदेशमा स्थापना गर्ने तयारी गरिएका तालिम केन्द्रमा सहयोग गर्न, व्यवसायमा सुरक्षाको दरिलो आधार बनाउन, सुनचा“दीका गरगहना निर्यातका लागि सरल नीति निर्माण र अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरणका लागि छिटो भन्दा छिटो हल मार्किङ व्यवस्था कार्यान्वयन गर्न महासंघका अध्यक्ष मोहनकुमार सुनारले सरकारसं“ग आग्रह गर्नुभयो ।

वार्षिक ५० अर्ब रुपिया“को कारोबार हुने र मुलुकको राजस्वमा वार्षिक ८ अर्बको योगदान रहेको सुन व्यवसायमा स्पष्ट नियमन गर्ने कानुनको अभावमा व्यवसायमा अन्योल सिर्जना गरेको बताउ“दै अध्यक्ष सुनारले सरकारसं“ग यथाशक्य चा“डो व्यवसायमैत्री कानुन बनाउन माग गर्नुभयो ।

७५ प्रतिशक कालिगढ विदेशी

मुलुकभर करिब २ लाख व्यवसायीले सुनचा“दी व्यवसाय गर्दै आएको र २० हजार कालिगढ काम गर्दै आएका छन् । त्यसमध्ये ७५ प्रतिशत कालिगढ विदेशी रहेको महासंघले जनाएको छ ।

सरकारका तर्फबाट बैंक तथा वित्तीय संस्थाहरुले आयात गर्ने र विदेशमा काम गरेर फर्किदा व्यक्तिगत प्रयोजनका लागि ल्याउने सुनको भन्सार शुल्कमा एक रुपता ल्याउन महासंघको माग छ । अहिले झिटीगुन्टा भारीको प्रावधानअनुसार ५० ग्रामसम्म गरगहना ल्याउँदा भन्सार छुटको व्यवस्था छ ।

त्यसको अलवा ५० ग्राम सुन ल्याउ“दा प्रति १० ग्रामको ५ हजार २ सय र थप ५० ग्राम अर्को ल्याउ“दा प्रति १० ग्राम ६ हजार २ सय रुपैंया भन्सार बुझाउनु पर्छ । तर, बैंकहरुले सुन ल्याउ“दा प्रति १० ग्राममा ४ हजार २ सय मात्रै भन्सार शुल्क लाग्ने भएका कारण बजारमा सुनको मुल्यमा एक रुपता नहुने बताउ“दै महासंघले भन्सार शुल्कलाई एकरुपता गर्न माग गरिएको महासंघका प्रवक्ता मनोजकुमार शाहले बताउनु भयो ।

सोमबारदेखि रुपन्देहीको मणिग्राममा हुने साधारणसभाको अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको नेपाल सुनचा“दी व्यवसायी संघ रुपन्देहीका अध्यक्ष एमबी विश्वकर्माले बताउनुभयो । दुई दिनसम्म चल्ने साधारण सभामा ६१ जिल्लाका सुनचा“दी व्यवसायीको सहभागिता रहने छ ।