सिनेपको सभामा रद्धि सिद्धि सिमेन्ट र जगदम्बा स्टिल्स्को बारेमा जानकारी

0
Shares

काठमाडौं, (नेस)
स्ट्रक्चरल इन्जिनियर्स एसोसिएसन नेपाल (सिनेप) को १६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । जगदम्बा स्टिल्स् तथा रिद्धि सिद्धि सिमेन्ट प्रालिका आनन्द नेपालको आथित्यमा ‘भूकम्पीय प्रतिरोधात्मक संरचनाको गुणस्तरीय निर्माण’ भन्ने नारासहित उक्त कार्यक्रम सम्पन्न भएकोे थियो ।

इन्जिनियर नेपालले कार्यक्रममा रिद्धि सिद्धि सिमेन्ट एवम् जगदम्बा स्टिल्स्को उत्कृष्ट गुणस्तर तथा यिनको उत्पादनमा प्रयोग हुने नवीनतम् प्रविधिको बारेमा जानकारी प्रदान गर्नुभयो । सम्मेलनमा जगदम्बा स्टिल्स् प्रालिबाट उत्पादित राइनो ५०० डि स्टिल्स्बारे जानकारी गराउनुभयो । उहा“ले राइनो ५०० डि स्टिल्स् उत्पादन हुने प्रक्रिया तथा यसको उपयोगिताबारे विस्तृत जानकारी दिनुभयो ।

त्यसैगरी कार्यक्रममा बोल्दै संघका सचिव डा. भरत मण्डलले सिनेपका गतिविधिहरुका बारेमा उपस्थित महानुभावहरुलाई अद्यावधिक गराउनु भएको थियो । मण्डलले कार्यक्रममा बोल्दै अनलाइन सदस्यता नवीकरण गर्न सकिने तथा नया“ सदस्यहरुले अनलाइन आवेदन प्रस्तुत गर्न सक्ने संघको नया“ डाइन्यामिक वेबसाइटका बारेमा पनि जानकारी दिनुभयो ।