काठमाडौं, (नेस)
नेपाल बंगलादेश बैंकले ८६औं शाखा झापाको दमकमा सञ्चालनमा ल्याएको छ । उक्त शाखा दमक नगरपालिकाका उपमेयर गीता अधिकारी तथा बैंकका सञ्चालक मुकुन्दनाथ ढुंगेल संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो।
त्यस क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले बैंकका सेवाहरुको बारेमा जानकारी दिनुभएको थियो ।
दमक शाखासहित बैंकले ८६ शाखा, ७ एक्सटेन्सन काउन्टर, २ शाखारहित घरदैलो बंैकिङ सेवा तथा ६७ वटा एटीएम बाट बैंकिङ सुविधा दि“ंदै आएको छ।











प्रतिक्रिया