शिवम् सिमेन्टको लक्ष्मी हातमा देवदर्शन शिवम्को साथमा योजनाको लक्की ड्र सम्पन्न


 

काठमाडौं, (नेस)
लक्ष्मी हातमा देव दर्शन शिवम्को साथमा उपभोक्ता योजनाअन्तर्गत अन्तिम चरणको १०१ भाग्यशाली कुपन विजेतामार्फत २०२ जना विजेताको नाम लक्की–ड्र गरी सार्वजनिक गरिएको छ । यसअघि चार चरणको लक्की ड्रमा ४८० जना छनौटमा परिसकेका छन् ।

यस योजनाअन्तर्गत विजेताले काठमाडौं–गोसाईकुड–काठमाडौं हेलिकप्टरमार्फत देवदर्शन गर्ने अवसर प्राप्त गर्नेछन् । अन्तिम चरणको लक्की–ड्र अन्तर्गत शिवम् सिमेन्ट्सल आफ्नो आधिकारीक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरी विजेताको नाम सार्वजनिक गरिको थियो ।

गत पुस ५ गतेदेखि फागुन अन्त्यसम्म सञ्चालित उक्त देव दर्शन योजनामा विभिन्न चरणको लक्की–ड्र मार्फत छानिएका जम्मा ६८४ जना विजेताले काठमाडौं–गोसाईकुण्ड–काठमाडौं यात्रा गर्ने अवसर प्राप्त गरेका छन् । उक्त विजेताहरुका नामावली शिवम् सिमेन्टको आधिकारीक फेसबुक फेजमा पनि राखिने कम्पनीले छ ।