सेञ्चुरी बैंकको क्यालेन्डरको बिमोचन


 

काठमाडौं, (नेस)
सेञ्चुरी कमर्सियल बैंकले २०७६ सालको क्यालेन्डर प्रकाशित गरेको छ । उक्त क्यालेन्डर बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले विमोचन गर्नुभएको छ । सो क्यालेन्डरमा भिजिट नेपाल २०२० को सन्दर्भमा सातवटा प्रदेशहरुमा रहेको पर्यटकीय स्थलहरुलाई समेटिएर तयार पारिएको छ ।

बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९८ शाखा र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १३ वटा शाखारहित बैंकिङ गरी जम्मा १३२ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।