नेसनल लाइफ इन्स्योरेन्सले लाभांश दिने

0
Shares

काठमाडौं, (नेस)
नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको ३०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सो साधारण सभामा कम्पनी अध्यक्ष प्रेमा सिंहले आव २०७३÷७४ मा कम्पनीले ५०६ करोड बीमा शुल्क संकलन भएको र १६९ करोड कुल दाबी भुक्तानी गरेको एवम् ४१ करोडको खुद मुनाफा आर्जन गरेको सभामा जानकारी गराउनुभयो ।

आव २०७३÷७४ को अन्त्यसम्ममा कम्पनीको कुल लगानी १९ दशमलव४२ प्रतिशतले वृद्धि भई १६९६ करोड पुगेको छ । कम्पनीको बीमा कोष गत वर्षको तुलनामा २०.८० प्रतिशतले वृद्धि भई २०७४ असार मसान्तसम्ममा १७ अर्ब २९ करोड पुगेको जानकारी गराउनु भयो ।

गत साधारण सभाबाट पारित निर्णयअनुसार ६० प्रतिशत हकप्रद शेयर जारी प्रक्रिया सम्पन्न भई समिक्षा वर्षको प्रस्तावित बोनस शेयर समेत गरी कूल चुक्ता पु“जी ३ अर्बभन्दा बढी हुन जाने जानकारी अध्यक्ष सिंहले गराउनुभयो ।
वार्षिक साधारणसभाले आव २०७३÷७४ को लागि चुक्ता पु“जीको १३ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश १ करोड ८८ लाख २७ हजार रुपिया“ पारित गरेको छ ।