बाहिरी चक्रपथको सीमाङकन फेरवदल हुन सक्ने

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले आवश्यकता हेरेर बाहिरी चक्रपथको नक्सा फेरबदल हुन सक्ने बताउनुभएको छ ।
विकास तथा प्रविधि समितिको आइतबारको बैठकमा सांसदहरुले उठाएको जिज्ञासालाई सम्बोधन गर्दै मन्त्री राईले विगतमा विभिन्न स्वार्थ समूहको चलखेलमा जग्गाको कित्ताकाट गरिएकाले अहिलेकै अवस्थामा बाहिरी चक्रपथलाई अघि बढाउन कठिन हुने बताउनुभएको हो ।

उहा“ले घना बस्ती र टुक्रा जग्गा भएको स्थानबाट बाहिरी चक्रपथ परियोजना अघि बढाइए राज्यको आर्थिक स्रोतले थेग्न नसक्ने दाबी गर्नुभयो ।
मन्त्री राईले भन्नुभयो–‘अहिलेकै अवस्थाअनुसार जग्गाको मुआब्जा दिन खर्बौ रुपिया“ राज्यले खर्च गर्नुपर्ने हुन्छ, त्यसैले राज्यलाई अधिकतम व्ययभार पर्ने गरी बाहिरी चक्रपथको काम अघि बढाउन खोजिए त्यसले मूर्तरुप पाउन सक्दैन ।

बैठकमा बोल्दै अधिकांश सांसदहरुले बाहिरी चक्रपथका लागि जग्गा रोक्का गरी अधिग्रहणको काम अघि बढाउन आग्रह गरेका थिए । जवाफमा मन्त्री राईले खण्ड–खण्ड पारेर जग्गा रोक्का गरिए स्वार्थ समूहले झनै चलखेल गर्ने बताउनुभयो ।

६ किलोमिटर खण्डको जग्गा रोक्का गर्ने प्रस्ताव आएको भन्दै मन्त्री राईले अर्थ मन्त्रालयले सहमति दिए एकैपटक ७२ किलोमिटर सडक खण्डको जग्गा रोक्काको प्रस्ताव लैजान मन्त्रालय तयार जानकारी गराउनुभयो । थोरै खण्डको मात्र जग्गा रोक्का गर्दा भूमाफिया झनै हावी हुने भन्दै उहा“ले एकैपटक सबै जग्गाको रोक्का गरेर मात्र अधिग्रहण गर्नुपर्नेमा जोड दिनुभयो ।

बैठकमा बोल्दै नेकपाका सांसद टोपबहादुर रायमाझीले राजनीतिक पहु“चलाई नभई राज्यको आवश्यकतालाई प्राथमिकता दिएर कार्यक्रम ल्याउन सुझाव दिनुभयो । जवाफमा मन्त्री राईले आगामी आर्थिक वर्षमा गैरबजेटरी खर्चको दायित्व मन्त्रालयमा थपिएकाले अहिलेकै सिलिङमा बहुवर्षिय योजनाका कार्यक्रम ल्याउन नसकिने स्पष्ट पार्नुभयो ।

समिति बैठकमा बोल्ने अधिकांश सांसदले स्पार्ट सिटी र नया“ शहरी विकासका लागि भइरहेको मन्त्रालयगत प्रगतिबारे जिज्ञासा राखेका थिए । मन्त्री राईले विगतमा हचुवाका भरमा स्मार्ट सिटीको अवाधारणा ल्याईए पनि नेपालको सन्दर्भमा छुट्टै सूचक बनाएर स्मार्ट सिटि र नया“ शहरका लागि प्रक्रिया अघि बढाइएको बताउनुभयो ।