निर्माण व्यवसायी महासंघ र म्यानमार लाइसेन्स एसोसिएसनबीच सम्झौता

0
Shares

काठमाडौं, (नेस)
नेपालका निर्माण व्यवसायी महासंघ र म्यानमार लाइसेन्स एसोसिएसनबीच पूर्वाधार विकासका लागि सहकार्य गर्दै अघि बढ्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । लगानी सम्मेलन समापनका क्रममा महासंघ र एसोसिएसनका पदाधिकारीबीच यस्तो समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

समझदारी पत्रमा नेपाल निर्माण व्यवसायी महासंघको तर्फबाट अध्यक्ष रवि सिंह र म्यानमार लाइसेन्स एसोसिएसनको तर्फबाट मोई क्या थूले हस्ताक्षर गर्नु भएको थियो । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, अर्थमन्त्री डा. युवराज खतिवडा, उद्योगमन्त्री मातृका यादव र लगानी बोर्डका प्रमुख कार्यकारी महाप्रसाद अधिकारीको उपस्थितिमा सिंह र थूले हस्ताक्षर गर्नु भएको हो ।

महासंघ अध्यक्ष सिंंहले म्यानमार लाइसेन्स एसोसिएसनका प्रतिनिधिलाई मायाको चिनो हस्तान्तरण गर्दै नेपालको भौतिक पूर्वाधारको क्षेत्रमा लगानी गर्न आग्रह गर्नु भएको थियो । लगानी सम्मेलनको क्रममा विभिन्न १५ वटा परियोजनाको समझदारी पत्रमा हस्ताक्षर भएको छ । कुल १५ वटा परियोजनामध्ये १३ वटा परियोजना लगानी समझदारी र दुईवटा परियोजनामा लगानी घोषणा गरिएको छ ।