अपाङ्गमैत्री ‘हाईकिङ्ग–साईक्लिङ्ग ट्रेल’ शिल्यान्यास

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।
धुलिखेल नगरपालिकाले वातावरण र अपाङ्गमैत्री ट्रेल निर्माणको शिल्यान्यास गरेको छ । नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले ट्रेल निर्माण कार्यको शुभारम्भ गरेका थिए ।

ट्रेल निर्माणका लागि नेपाली सेनाको विष्णु दल गण धुलिखेलले ऐतिहासिक एकिकरण पदमार्ग जोडिन धुलिखेलको हमालगाउँ देखि चौकोटसम्म पुग्ने इको ट्रेलका लागि सहयोग गर्नेछ भने अमेरिकाको आईडिआई संस्था तथा धुलिखेलका विभिन्न संघ संस्थाहरुले सहयोग गर्नेछन् । धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले ट्रेल निर्माण पछि पर्यटकहरुको आगमनसँगै बसाई लम्याउन सहयोग पु¥याउने बताए । ‘ब्यक्तिको शारिरिक स्वस्थता, सबै खालका ब्यक्तिहरुका लागि सहजता हुनेछ’–नगर प्रमुख ब्याञ्जुले भने–‘पर्यटकिय नगरी बनाउने उदेश्यले धुलिखेल नगरपालिकाले लगानी सम्मेलनमा समेटिएको ड्रिम ल्याण्ड आयोजना, फोहोर मैला ब्यवस्थापन र मेदासिटी अस्पतालसँगै पार्क नै पार्कहरु भएको स्वस्थ र सफा शहरको परिकल्पना गरेको छ ।’


‘प्रर्दुषण युक्त शहर बनाउँदै बालमैत्री, वातावरणमैत्री, पर्यटकमैत्री नगर निर्माणको चरणमा छौ’–उनले भने–‘पर्यटनसँगै रोजगारका लागि पहिलो चरणमा एक सय ब्यक्तिलाई भोकेसनल तालिम प्रदान गरेका छौं । म्यु्जियम, डकुमेन्ट्री र जिंगल, पुस्कतहरु प्रकाशन, एप्स, नक्सहरुको डिजाईन, फ्रिवाईफाई, सिसि क्यामेरा जडान, होटलहरुमा गुणस्तरीय खाद्य सामाग्रीको प्रयोग, नीजि क्षेत्रसँगको सहकार्यमा गुफा, झरना, ताल लगायतका संरचना निर्माण गरिनेछ ।’

ट्रेल मार्गमा धुलिखेल कब्जा गर्न पृथ्वीनारायण शाह लगायतका पुर्खाहरुले गरेको योगदानको समेत स्मरण हुने खालका प्राकृतिक र ऐतिहासिकता झल्कने बस्तुहरु राख्ने नगर प्रमुख ब्याञ्जुले बताए । धुलिखेल नगरपालिका, नेपाली सेनाको विष्णु दल गण, स्थानीय संघ संस्थाहरुको समन्वयमा धुलिखेलमा ‘हाईकिङ्ग–साईक्लिङ्ग ट्रेल’ मार्ग निर्माण कार्य शुरु भएको छ । धुलिखेलको हजार सिंढी चोक हुँदै चौकोटसम्मको साढे ४ किमी दुरीमा ट्रेल मार्ग निर्माण हुनेछ ।

धुलिखेल नगरपालिकामा निर्वाचित जनप्रतिनिधि एवं नगर प्रमुख अशोक ब्याञ्जुले पर्यटकिय नगरी धुलिखेलमा पर्यटकहरुको बसाई लम्याउन तथा वातावरणीय हिसावले धुलिखेलमा हाईकिङ्ग र साईक्लिङ्ग ट्रेल निर्माण गर्न उपयुक्त हुने ठहर गर्दै बढाएको योजनालाई काभ्रे जिल्ला साईक्लिङ्ग संघका अध्यक्ष मनिष यगोलले थप परिमार्जन सहित रुट तय गरेका थिए । नगरपालिकाको योजनामा विष्णु दल गण धुलिखेलले नेपालको एकिकरण अभियानमा महत्वपूर्ण मानिएका ऐतिहासिक स्थानहरुलाई काभ्रे युनिफिकेसन ट्रेलका रुपमा विकास गर्ने योजना बनायो ।

अमेरिकाको आईडिआई संस्थाले ट्रेल निर्माणमा सहयोग गर्ने डाईरेक्टर सुमन तिमल्सिनाले बताए । उक्त संस्थाले पूर्वाधार निर्माण र तालिम लगायतका क्षेत्रमा कार्य गर्दै आएको छ । उक्त कार्यक्रममा धुलिखेलका होटल ब्यवसायीहरुको सहभागिता रहेको थियो । उद्योग बाणिज्य संघ, होटल ब्यवसायी, नेपाली सेनाको विष्णु दल गण, अन्य संघ संस्थाका प्रतिनिधिहरु सहभागि थिए ।

धुलिखेलका सबै भौतिक संरचनाहरु तथा होटलहरु अपाङ्गमैत्री बनाउने विषयमा छलफल भएको थियो । कार्यक्रममा पुर्व मन्त्री याकिंला शेर्पा, उपप्रमुख विमला शर्मा, विष्णु दलका गणपति कर्णेल सुवास खड्का, काभ्रे जिल्ला साईक्लिङ्ग संघका अध्यक्ष मनिष यगोल लगायतले धुलिखेल नगरपालिकामा निर्माण हुन लागेको संरचनाको दिगो विकास र स्थायीत्व हुनु पर्ने बताए । उक्त ट्रेलमा नेपाली सेनाले जनशत्ति सहयोग गर्ने भएको छ ।

‘धुलिखेलमा साईक्लिङ्ग–हाईकिङ्ग रुट निर्माण तथा नेपाल एकिकरणको समयमा प्रयोग भएको स्थान भमरकोटमा पृथ्वीनारायण शाह र बलभद्र कुँवरको शालिक राखिनेछ’–नगर प्रमुख अशोक ब्याञ्जुले भने–‘नगरपालिकाले ९ लाख रुपैया विनियोजन गरी कार्य प्रारम्भ भएको छ ।’ बलभद्र कँुवरका जिजुबा रामकृष्ण कुँवरलाई १८७२ मा पृथ्वीनारायण शाहले भमरकोटमा विर्ता दिएका थिए । पलाञ्चोक भगवती स्थानमा १८१६ मा भएको लडाईमा बलभद्रका जिजुबाजेले सहयोग पु¥याएको भन्दै पृथ्वीनारयाण शाहले विर्ता दिएका थिए । बलभद्र कुँवर भमरकोटमै हुर्किएको इतिहास छ ।

उनको सम्झनामा नगरपालिकाले उक्त स्थानमा बलभद्र कुँवरको शालिक राख्न लागेको नगर प्रमुख अशोक ब्याञ्जुले बताए । पलाञ्चोक लडाईमा विजय प्राप्त गरेपछि बलभद्रका जिजुबा रामकृष्ण कुँवरलाई सेना नायक बनाईएको थियो । सेनाले पनि इको र युनिफिकेसन ट्रेल निर्माण अभियान देशभर नै शुरु गरेको छ ।