पूर्वराजा ज्ञानेन्द्र शाह इलाममा

0
Shares

इलाम ।
पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार इलाम आईपुगेका छन् । निजी भ्रमणका लागि झापाको दमकबाट इलाम आईपुगेका हुन् । आफैं सवारी चलाएर साँझ इलाम सदरमुकाम आईपुगेकोे समर्थक हरि श्रेष्ठले बताए ।

आइतबार सदरमुकामकै समिट होटलमा बास बसेका छन् । शाहको साथमा उनका स्वकिय सचिब सहित २२÷२३ जनाको टोलि रहेको छ । सोमबार पाँचथर जाने कार्यक्रम छ । मंगलबार पाँचथर सदरमुकाम फिदिमको शिवालयमा पूजाआजा र राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको सालिकमा माल्यार्पण गर्ने शाहको कार्यक्रम छ ।

मंगलबार पुनः इलाम फर्केर बुधबार इलाममै बास बस्ने बताइएको छ । बिहीबार इलाममा पदयात्रा सहित माइस्थान मन्दिरमा पूर्वराजा ज्ञानेन्द्र शाहले पूजाआजा गर्ने कार्यक्रम तय भएको छ । शाह त्यसै दिन झापा दमक फर्कने श्रेष्ठले जानकारी दिए ।

कुनै विशेष सार्वजनिक कार्यक्रमहरू नभई पूर्वराजा ज्ञानेन्द्र निजी भ्रमणका लागि आएका हुन् । पूर्वराजा शाहलाई जिल्लाको सूर्योदय नगरपालिका स्थित फिक्कलमा समर्थकहरुले फूलमाला, अविरले भब्य स्वागत गर्दै राजाको जयजयकार गरेका थिए ।