लागुऔषधसहित एक जना पक्राउ

0
Shares

काठमाडौँ ।
महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रभागको टोलीले भैरहवाबाट काठमाडौँ आउँदै गरेको लु१ख ९२४२ नंको यात्रुवाहक बस जाँचका क्रममा लागुऔषधसहित झापा गौरीगञ्ज गाउँपालिका–३ का २४ वर्षीय समीर अधिकारीलाई शनिबार राति पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक होवीन्द्र बोगटीले डाइजेपाम १४७ एम्पुल, फेनार्गन १४५ एम्पुल, नुर्फिन १४६ एम्पुलसहित अधिकारीलाई पक्राउ गरिएको जानकारी दिनुभयो । अधिकारीले झोलामा लुकाएर ल्याइएको अवस्थामा पक्राउ गरिएको प्रवक्ता बोगटीले बताउनुभयो ।
रासस