प्रहरी कार्यालयमा आक्रमण गर्ने जनप्रतिनिधिको दबावमा छुटे

0
Shares

बारा ।
प्रदेश नं २ एसईई परीक्षा स्थगित भएको विरोधमा बाराको जितपुरमा विद्यार्थीले आयोजना गरेको प्रर्दशनमा घसपैठ गरी तोडफोड गरेको आशंकामा प्रक्राउ परेकाहरुलाइ प्रहरीले आइतबार रिहा गरेको छ ।

प्रदर्शनको क्र्रममा सुरक्षाकर्मीमाथि आक्र्रमण र इलाका प्रहरी कार्यालय जितपुरमा तोडफोड समेत गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएका विरगञ्ज महानगरपाकिलाका वडा नं १४ का शेख सलिम, सिम्रौनगढ नगरपालिका ४ का रविशंकर सहनी, भारत कलकत्ता घर भएका फरहाज अन्सारी, परशुरामपुर पर्साका असरफ देवान , चितवन खैरेनीका उमेश लामिछाने, महोत्तरी गौशाला ७, बिपिन पासवान, निजगढ नगरपालिका २ का बिनोद तिमिल्सेना र बीरगञ्ज महानगरपालिका १६ का फेक कुमारलाइ्र्र स्थानीय निकायका जनप्र्रतिनिधि तथा राजनितिक दलका नेता कार्यकर्ताको दवावमा प्रहरीले रिहा गरेको हो ।

स्थानीय निकायका जनप्रतिनिधिसहित सुरक्षा निकायका प्रमुखहरुबीच घटनापछि भएको बैठकमा जनप्रतिनिधि र स्थानीय दलका नेताहरुले प्रक्राउ परेका व्यक्तिहरु सर्वसाधारण यात्रु र बटुवा रहेको भन्दै छोड्न दवाव दिएका थिए ।

ईलाका प्रहरी कार्यालय सिमरामा बसेको बैठकमा जीतपुरसिमरा उपमहानगरपालिका नगरप्रमुख डा. कृष्ण पौडेल, प्रमुख जिल्ला अधिकारी राजेश पौडेल, ईलाका प्रशासन कार्यालय सिमराका प्रमुख कृष्ण गैरे , प्रहरी उपरिक्षक सानुराम भट्टराई, शसस्त्र प्रहरी बलका प्रहरी उपरिक्षक प्रकाश थापा, जीतपुरसिमरा उपमहानगरपाकिला वडा नं ५ र ९ का वडाध्यक्षहरु मोहित चौधरी, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष संजय साह, नेकपा स्थानीय नेताहरु देवनारायण चौधरी, सुनिल गुप्ता, राजुराज गिरी लगायतले पक्र्राउ परेका सबै सर्वसाधारण भन्दै छोडन दवाव दिएका थिए ।

प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले सुरक्षा निकायको मनोबल घट्ने र सुरक्षा निकायलाई कमजोर बनाउने गरी काम नगर्न गरेको अनुरोधका बाबजुद पनि जनप्रतिनिधि र दलका नेताहरुले उनीहरुलाई तत्काल रिहा गर्न स्थानीय प्रशासनलाई दवाव दिएका थिए ।
परीक्षा नियन्त्रण कार्यालयले शुक्रवार प्रदेश नं २ का परीक्षा स्थगित गरेपछि आक्र्रोशित बनेका विद्यार्थीको प्रर्दशनामा प्र्रहरीले हस्तक्षेप गरेपछि दोहोरो झडपको अवस्था उत्पन्न भएको थियो ।

झडपको क्र्रममा २ प्रहरी तथा एक स्थानीय र एक विद्यार्थी गरी ४ जना सामान्य घाइते बनेका थिए । प्रदर्शनका कारण जितपुर बजार शनिबार दिनभरी नै तनावग्र्रस्त बनेको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यासका साथै हवाई फायरसमेत गरेको थियो ।

प्रहरीले हाललाई सामान्य सोधपुछपछि छोगिएको भएपनि प्र्रहरी कार्यालय तोडफोड र जीप आगजनी गर्नेको हकमा भने अनुसन्धान भईरहको जनाएको छ ।