झापाका विवादित दुई ठूला योजना तत्काल शुरु हुनेः प्रधानमन्त्री ओली

0
Shares

भद्रपुर ।
प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक र कमल गाँउपालिकाको साविक लखनपुरमा विभिन्न रुपमा विवाद खडा गरिएको दुई ठुला योजनाहरु अब तत्काल शुरु गरिने बताएका छन् । आइतबार झापाको दमकमा प्रदेश नं. १ स्तरीय त्रिदिवसीय बृहत बाङ्मय सङ्गोष्ठी र नगरपालिकाको प्रमुख प्रशासकीय भवनको उद्घाटन कार्यक्रममा ओलीले यस्तो बताएका हुन् ।

सम्बृद्धिको लक्ष्य हासिल गर्नका लागि अब कसैको कुरा नसुनी अघि बढ्ने प्रधानमन्त्री ओलीले बताए । दमकको औधोगिक पार्क र लखनपुरको अन्तराष्ट्रिय रंगशाला अब बन्ने उनले ठोकुवा गरे ।. उनले विकास र सम्बृद्धि सबैको चाहाना भएकाले अवरोध नहुने विश्वास समेत व्यक्त गरे ।

रंगशालाका लागि ५ देखि १० अर्ब लाग्ने र त्यो रकम आफुले जुटाउने ओलीले प्रतिबद्धता जनाए । बिबादका कारण ढिला भयो अब भने ढिला गर्न हुदैन भन्ने सबैले बुझेकाले काम अघि बढने् उनको भनाइ छ । ओलीले यस क्षेत्रको विकास र सम्बृद्धिसंगै मुलको सम्बृद्धि गरेर छाड्ने जनाए ।

ओलीले कला साहित्य र सस्कृतीको जगेर्ना गर्नका लागि बर्तमान सरकार प्रतिबद्ध रहेको जनाउदै बजेट अभाव हुन नदिने पनि बताए । उनले नेपालको पहिचानलाइ झल्काउने ग्रन्थ प्रकाशन र साहित्यिक जागरणका लागि सरकारले खर्चको अभाव हुन नदिने भन्दै प्राज्ञ प्रतिष्ठानलाइ योजना लिएर आउन आग्रह गरे ।

प्रतिष्ठानका उपकुलपती जगमान गुरुङ्ले नेपालको पहिचान बोकेको ग्रन्थ लेख्नका लागि बजेट अभाव रहेको जनाएका थिए । उनले कार्यक्रममा स्वागत मन्तब्य राख्दै यसका लागि ५ करोड माग गरेपछि प्रधानमन्त्री ओलीले ५ करोड नभएर जति लाग्छ त्यति दिने भन्दै योजना ल्याउन निर्देशन दिए ।

नेपाल प्राज्ञ प्रतिष्ठानका कुलपती गंगाप्रसाद उप्रतीको अध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्री शेरधन राइ, दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिना लगायतले बोलेका थिए ।