नगरपालिका कार्यालयमा ढुंगा प्रहार, नगर प्रहरीसहित तीन जना घाइते

0
Shares

रुकुम ।
रुकुम पश्चिमको आठविसकोट नगरपालिका कार्यालयमा ढुंगा प्रहार भएको छ । नगरपालिकामा टेन्डरको लागी दरखास्त दिने विषयमा विबाद भएपछि आईतबार दिउँसो स्थानीय युवाहरुले ढुंगा प्रहार गरेका हुन ।

ढुगा प्रहार हुँदा सुरक्षामा खटिएका २ जना नगरप्रहरीसहित तीन जना घाईते भएका छन् । नगर प्रहरीका अनुसार नगर कार्यालयको बाहिर काम गरिरहेका अन्य एक जना पनि घाइते भएका छन ।

घाइते हुनेमा नगरप्रहरी जवान दिपक थापा र कुशल खढ्का रहेका छन । त्यस्तै नगरपालिका कार्यालय अगाडी काम गरिरहेका गोइरीका निशान कामी पनि घाइते भएकी छिन् ।

आईतबार मध्यान्ह १२ बजेसम्म टेन्टरको लागी दरखास्त दिने समय तोकिएको भएपनि १२ बजे पछि मात्रै उनीहरु दरखास्त दिन आएकाले टण्डर फाराम दर्ता नगर्दा यस्तो अबस्था उत्पन्न भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताए । ‘ हामीले १२ बजेसम्म टेण्डरको समय तोकेका थियौं’ उनले भने‘ तर उहाँहरु १२ बजेपछि आउनुभयो, त्यतिबेला टेन्डरको समय सकिसकेको थियो, त्यसैले फारम दर्ता गरिएन् ।’

बाहिर पठाए लगत्तै ति युवाहरुको समूहले एक्कासी कार्यलयमा ढुङगामुडा प्रहार गरेको उनको भनाई छ । ढुङगामुडा प्रहार गर्ने युवाहरुले भने १२ बजेसम्म टेन्डरको लागी दरखास्त दिने समय भए पनि पौने १२ हुँदा सम्म कार्यकारी अधिककृत कार्यकक्षमा नभएकोले दरखास्त दिन ढिला भएको भन्दै बताएका छन् ।

साथै आफुहरुले बैंकको भौचर बुझाउँदा पनि दरखास्त नभरिदिएको र आफ्नो पक्षकालाई भने विना भौचरनै टेन्डर दर्ता गरिदिएको अरोप समेत लगाएका छन् ।

नगरप्रहरीले आफुहरुमाथि बल प्रयोग गरेको समेत उनीहरुले आरोप लगाएका छन् । आफ्नो गल्तिबिना पनि बलप्रयोग गरिएको भन्दै अन्याय सहननसकेर ढुंगा प्रहार गरेको तेज विक्रम आरसीले बताए । ५० लाखको गिजागाड खोलाको तटबन्डन निर्माण र ३५ लाखको राडी देखी घारी हखोला सडक स्तर उन्नतीको लागी टेन्डर खुलेको थियो ।