डाक्टर श्रीमानको कुटाइबाट मृत्यु भएकी सुनिताको भाइले दिए दागवत्ती

0
Shares

वीरगञ्ज ।
डाक्टर श्रीमानको कुटाइबाट मृत्यु भएकी सुनिता यादवको भाइले दिए दागवत्ती दिएका छन् । ४५ बर्षीया सुनिताको आईतबार भाइ सन्तोष यादवले दागवत्ती दिएका हुन् ।

उनको शव वीरगञ्ज महानगरपालिका–२० स्थित हरपतगञ्जमा बस्ने माइती परिवारले बाराको परवानीपुर गाउँपालिका–५ बहुवरीबाट दुघौरा नदीमा जलाइएको हो ।

नारायणी अस्पतालमा कार्यरत मधुमेह तथा थाइराइड रोग विशेषज्ञ डा. सचिदानन्द यादवकी जेठी श्रीमती सुनितालाई डा. सचिदानन्दले निर्घात कुटपिट गरेका कारण मृत्यु भएको थियो ।

चैत ६ गते बुधबार राति डा. यादवले वीरगञ्ज महानगरपालिका–२० स्थित हरपतगञ्जमा सुनीतालाई निर्घात कुटपिट गरेको माइती पक्षले बताएका छन् । चैत ७ गेत बिहीबार उनलाई अचेत अवस्थामा उद्दार गरेर उपचारका लागि गण्डक अस्पतालमा पुर्‍याइएको थियो ।

आईसीयूमा राखेर उपचार गर्दासमेत अवस्थामा सुधार नआएपछि चैत १२ गते उनलाई थप उपचारका लागि काठमाडौंको शिक्षण अस्पतालमा ल्याईएको थियो तर उनको त्यहाँउपचारको दुई दिनपछि मृत्यु भयो ।