सामुदायिक विद्यालय तहमा योग

0
Shares

काठमाडौँ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अगामी शैक्षिक सत्रदेखि सामुदायिक विद्यालय तहमा योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडीबुटी विषयको अध्ययन अध्यापन शुरु गर्ने भएको छ । हरेक प्रदेशको एक÷एक सामुदायिक विद्यालय छनोट गरी मन्त्रालयले सो विषयमा पठनपाठन गर्न लागेको हो ।

विसं २०६२÷६३ देखि ती विषयलाई विद्यालय तहका पाठ्यक्रममा समावेश गरी पठनपाठन अगाडि बढाउन पाठ्यक्रमसमेत तयार गरिएको थियो । अध्यापन गराउने शिक्षकको अभावमा ती विषयको पठनपाठन कार्यान्वयनमा आउन सकेको थिएन । “अगामी जेठ १५ गतेभित्र योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडीबुटी विषयको विद्यालय तहमा पठनपाठन शुरु गर्छौं,” शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले भन्नुभयो ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्द्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले पाठ्यक्रमलगायत अन्य अध्ययन गरी सुझाव दिन कार्यदलसमेत गठन गरिने जानकारी दिनुभयो । शिक्षामन्त्री पोखरेलले प्रदेश नं २ मा माध्यमिक शिक्षा परीक्षा ९एसइई०को प्रश्नपत्र बाहिरिएको सन्दर्भमा छानबिन भइरहेको र दोषीलाई कारवाही गरिने बताउनुभयो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा पछिल्लो समय नसर्ने रोगको हिस्सा ६२ प्रतिशत पुगेको छ । ती रोगको नियन्त्रणका लागि योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडीबुटी अत्यन्त महत्वपूर्ण मानिन्छ ।

कार्यक्रममा सांसद मोहन बाँनियाले योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडीबुटी संरक्षणका लागि नयाँ नीति आवश्यक रहेकामा जोड दिनुभयो । परिषद्का कार्यकारी निर्देशक डा पुष्परमण वाग्लेका अनुसार परिषद्अन्तर्गत सञ्चालनमा रहेका ४२ कार्यक्रममध्ये ११ स्वास्थ्यसित सम्बन्धित रहेका छन् ।
रासस