हिन्दुराष्ट्रका लागि महेन्द्रनगरमा हस्ताक्षर अभियान

0
Shares

मनोज भट्ट, महेन्द्रनगर ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतबारदेखि हिन्दुराष्ट्र घोषणाको माग गर्दै देशभरी ७७ वटै जिल्लाबाट हस्ताक्षर अभियान सुरु गरेको छ । राप्रपा जिल्ला कार्य समिति कञ्चनपुरले महेन्द्रनगरको मदनचोकबाट हस्ताक्षर अभियान सुरु गरेको हो ।

राप्रपा कञ्चनपुरका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र बहादुर बमले पार्टी केन्द्रीय कार्यक्रम अनुसार हस्ताक्षर संकलन अभियान सुरु गरिएको बताए । अभियानको उद्घाटन राप्रपा जिल्ला अध्यक्ष पुर्ण बहादुर चन्दसहितका नेता कार्यकर्ताले हस्ताक्षर गरी सुरु गरेका थिए ।

उपाध्यक्ष बमले विदेशीको इसारमा विश्वको एकमात्र हिन्दुराष्ट्र नेपाललाई धर्म्निरपेक्षता गरिएको भन्दै राप्रपाले नेपाललाई सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र घोषणा गर्नुपर्ने धारणा राखे । राप्रपाले देशैभरीबाट २३ चैत्र सम्ममा हस्ताक्षर संकलन गरेर सरकारलाई बुझाउने उनले बताए ।