डेढ लाख बढिको रिचार्ज कार्ड चोरी गर्ने पक्राउ

0
Shares

रामधन राई, खोटाङ ।
खोटाङस्थित ऐसेलुखर्कका स्थानीय ब्यापारीको एक लाख ६५ हजार बराबरको रिचार्ज कार्ड चोरी गरी फरार रहेका खोटाङका एक युवा पक्राउ परेका छन् ।

ब्यापारिक प्रयोजनका लागि काठमाण्डौंबाट ल्याउँदै गरेको एनटीसी, एनसेल र डिसहोमका रिचार्ज कार्ड बसबाटै चोरी गरी फरार सोही गाउँपालिका–२ का १९ बर्षिय सन्जिब राईलाई चोरी गरेको रिचार्ज कार्डसहित पक्राउ गरिएको प्रहरीले जनाएका छन् ।

गत फागुन २९ गते चोरी गरेको रिचार्ज कार्डसहित फक्राउ परेको राईलाई कानुनी कारबाही अघि बढाईएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक राजकुमार केसीले जनाउनुभयो ।