अश्वनी बनिन मिस लुम्बिनी

0
Shares

यमलाल भुसाल, बुटवल ।
रुपन्देहीमा सम्पन्न मिस लुम्बिनी सिजन–३ को उपाधि तिलोत्तमा नगरकी अश्विनी कार्कीले चुमेकी छिन ।
ड्रिमइभेन्ट्स एण्ड इन्टरटेन्मेन्ट बुटवलको आयोजनामा कुमारी रिर्सोटमा भएको प्रदेशस्तरीय प्रतियोगितामा उनले उपाधि चुमेकी हुन । उनले अब दुबईमा हुने मिस सुपर ग्लोवल २०१९ को प्रतिस्प्रर्धीका भाग लिने भएकी छिन ।

प्रतियोगितामा सैनामैनाकी पुजा ढकाल फष्ट रनर अप भएकी छिन ।
उनले अब हङ्गकङमा हुने ट्यालेन्ट स्टार इन्टरनेशनलमा सहभागिता जनाउने छिन । यसैगरि प्रतियोगितामा बुटवलकी सञ्जु थापा सेकेण्ड रनरअफ बन्दै युरोपमा हुने कोशोवा वेष्ट मोडल ग्राण्ड युनिभर्समा सहभागिता जनाउने भएकी छिन ।

कार्यक्रममा २०११ का मिस नेपाल तथा अभिनेत्री मलिना जोशी, याम पुन, प्रज्ञा तिवारी र बिनोद कुमार सुवेदीले जजको भुमिका निर्वाह गरेका थिए ।

दिपक भट्टराई र सुमी थापाको कोरियोग्राफी रहेको थियो ।
परिचय र फेशन क्याटआक राउण्डबाट अन्तिम पाच छनौट भएको थियो भने प्रश्नोत्तर राउण्डबाट बिजेता घोषणा गरिएको थियो ।
माघदेखि विभिन्न जिल्लाहरुमा गरिएको अडिसनमा सहभागि भएका ८० जना प्रतियोगीबाट अन्तिम ७ जना फाईनल चरणमा प्रवेश गरेको संस्था ड्रिम इभेन्ट्स एण्ड इन्टरटेन्मेन्ट बुटवलका कार्यकारी प्रमुख प्रकाश दर्लामीले बताए ।

विसं. २०७३ मा पहिलो र २०७४ मा दोस्रो सिजनको ईभेन्ट गरेको थियो ।