काठमाडाैं । शिक्षा नै देश निर्माणको आधारशीला भन्ने मूल उद्देश्यका साथ सन् २००५ मा स्थापना भएको द रोलिङ स्टोन्स स्कुल छोटो समयमा नाम कमाएको विद्यालय हो । मध्य शहरभित्र रहेर पनि शान्त तथा सुरक्षित वातावरणमा सञ्चालित यो विद्यालय मुलुककै पर्यटकीय नगरी हनुमानढोका दरबार क्षेत्र नजिक रहेको छ । सन् २०१२ मा कामना होल्डिङ्सले खरिद गरेको यो विद्यालय गुणस्तरीय शिक्षा दिन प्रतिबद्ध छ । कामना होल्डिङ्सको कुशल व्यवस्थापनमा सञ्चालित यो विद्यालयमा प्रारम्भिक बालविकासदेखि माध्यमिक शिक्षासम्म अध्यापन हुने गरेको छ । अमेरिकामा स्नातकोत्तर तह सम्पन्न गरी नेपाल फर्किएका युवा समूहको लगानी रहेको यो विद्यालयले समाज विकासका लागि महत्वपूर्ण योगदान गरेको छ ।

अन्य विद्यालयको दाँजोमा न्यून शुल्क, पर्याप्त भौतिक सुविधा, खुला क्षेत्र, खेल मैदान भएको यो विद्यालय कक्षा १० सम्म सञ्चालन हँुदै आएको छ । विशेष गरी आफ्ना छोराछोरीलाई समाजसँग घुलमिल गर्न सजिलो होस् भन्ने उद्देश्यले सामाजिक क्रियाकलापमा बढी केन्द्रित यस विद्यालयमा हाल करिब ४ सय विद्यार्थी अध्ययनरत छन् । व्यावहारिक ज्ञान र सीपसँग जोडेर प्रयोगात्मक कक्षा सञ्चालन गर्ने यो विद्यालयमा कुशल शिक्षक छन् । अंग्रेजी माध्यममा पठनपाठन हुँदै आएको द रोलिङ स्टोन्स स्कुल काठमाडौंको कोर क्षेत्रको उत्कृष्ट विद्यालय हो ।

विद्यालयमा पढाइका अलावा अतिरिक्त क्रियाकलाप, कला र संस्कृतिसँग मेल खाने विभिन्न विधामा पठनपाठन हुने गरेको छ । अन्य विद्यालयको तुलनामा पूर्ण फरक विद्यालयका रुपमा परिचय कमाएको यो विद्यालयले सर्वसुलभ शुल्कमा इन्फोग्राफिक्स तरिकाले गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ । लायन्स क्लब अफ डेनमार्क र लेगो फाउन्डेसनको सहयोग रहेको द रोलिङ स्टोन्स स्कुलमा समयसमयमा विदेशी शिक्षकले गेस्ट लेक्चरका रुपमा पठनपाठन गर्ने गरेका छन् । उत्कृष्ट विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब, आईसीटी, पुस्तकालय रहेको विद्यालयमा उत्कृष्ट शिक्षकहरुले पठनपाठन गराउँदै आएका छन् ।

विश्वका विभिन्न विश्वविद्यालय र कलेजका सर्वोत्कृष्ट शिक्षकले गेस्ट लेक्चरका रुपमा कक्षा लिने गरेका छन् । अमेरिका, जर्मनी, अस्ट्रिया, जापानलगायतका मुलुकका आगन्तुक शिक्षकले कक्षा लिने गरेको यो विद्यालय देशकै नमुना विद्यालयका रुपमा अघि बढाउने योजना रहेको छ । विद्यालयका शिक्षकले समयसमयमा विज्ञहरुवाट शिक्षण तालिम लिने गरेका छन् । अधिकांश विषयमा प्रयोगात्मक कक्षा सञ्चालन हुने विद्यालयमा अतिरिक्त क्रियाकलापअन्तर्गत नृत्य, गायन र वाद्यवादनको प्रशिक्षण दिने गरिएको छ ।
विद्यालयले प्रत्येक वर्ष विद्यार्थीलाई शैक्षिक भ्रमण, शिक्षक अभिभावक भेला, चित्रकला, नृत्य प्रतियोगिता, विभिन्न पर्यटकीय क्षेत्र भ्रमण, वनभोज कार्यक्रम गर्ने गरेको छ । विद्यालयमा मार्सल आट्र्स, बास्केटबल, फुटबल, टेबलटेनिसलगायत विभिन्न विषयका खेल शिक्षकले कक्षा लिने गरेका छन् । भूकम्पीय दृष्टिकोणले पूर्ण रुपमा सुरक्षित विद्यालय भवनमा सुरक्षा निगरानी गर्न २४ घण्टा सीसीटिभीको व्यवस्था गरिएको छ । शिक्षकको पठन क्रियाकलाप तथा विद्यार्थी र विद्यालयको अनुगमन सीसीटिभीले गर्ने गरेको छ । सीसीटिभीले गर्दा शिक्षक र विद्यार्थी दुवै अनुशासित देखिनेमा विश्वस्त देखिन्छ ।

https://youtu.be/tUUSLm7381A











प्रतिक्रिया