मोटरसाईकल ठोक्किँदा ३ जनाको मृत्यु


बर्दिया । पुर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दियाको बारबर्दिया नगरपालिकामा मोटरसाईकल दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

नगरपालिकाको -९ स्थित बनगाईमा भएको दुघर्टनामा घाइते भएका मधुवन नगरपालिका १ का २१ वर्षिय सुरज चौधरी, १४ वर्षिया कृष्णा चौधरी र बारबर्दिया ९ का २३ बर्षिय खगेन्द्र बस्नेतको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।

सुरज चौधरीले चलाएको भे ८ प ६९६८ नम्बर मोटरसाईकल र खगेन्द्र बस्नेतले चलाएको बा ९१ प ९३७७ नम्बर मोटरसाईकल आपसमा ठोक्किँएर दुर्घटना भएको जिल्ला प्रहरी प्रमुख सुरेन्द्रप्रसाद मैनालीले जानकारी दिनुभयो । तिव्र गतिका कारण मोटरसाईकल ठोक्किँएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।