नबिल बैंकले नबिल नारी कार्यक्रम


काठमाडौं, (नेस)
नबिल बैंकले महिलाको लागि प्याकेजको शुरूवात गरेको छ । महिलाहरुप्रति विशेष सम्मान दर्शाउने क्रममा नबिल बैंकले नबिल नारी कार्यक्रमअन्तर्गत तीनवटा नया“ उत्पादनहरू शुरू गरेर महिलाहरूको लागि पूर्ण बैंकिङ सेवा प्रदान गर्ने शुरुवात गरेको छ । बैंकले अभिनेत्री प्रियंका कार्कीलाई नबिल नारीको अग्रणीको रुपमा नियुक्त गरेको छ ।

बैंकले नेपाली महिलालाई बचत गर्न प्रोत्साहन गर्नुका साथै नेपालमा महिला उद्यमशीलताको विकास गर्नको लागि आवश्यक पर्ने सबै वित्तीय आवश्यकता पूरा गर्नका लागि नबिल नारीअन्तर्गत नबिल प्रिमियम नारी बचत, नबिल नारी कर्जा र नबिल लघुउद्यम कर्जा जस्ता बचत खाता तथा कर्जा सेवाहरुको शुरुवात गरेको छ ।

नबिल प्रिमियम नारी बचतमा आकर्षक विशेषताका साथै नबिल स्मार्ट बैंक (मोबाइल बैंकिङ), क्रेडिट कार्ड (स्थानीय र अन्तर्राष्ट्रिय) डिमाण्ड ड्राट÷स्विट ट्रान्सफर, लकर आदी जस्ता विशेष सुविधा सहितको प्रतिस्पर्धी वार्षिक ४ दशमलव ७५ प्रतिशत ब्याजदरमा खाता खोल्न सकिने कुरा बैंकले जनाएको छ ।

त्यसका साथै बैंकले नबिल नारी कर्जा महिलाको लागि प्रस्ताव गरेको विशेष कर्जा हो । यसले महिलाहरुको उद्यमशीलताको प्रयासमा सहयोग गर्नको लागि वार्षिक ९ दशमलव ९९ प्रतिशतको प्रतिस्पर्धी ब्याजदरमा कर्जा प्रवाह गर्नेछ ।

नबिल नारी कर्जाको लागि महिलाको स्वामित्वमा रहेको प्राइभेट फर्म, साझेदारी फर्म भए महिलाको ५० प्रतिशत साझेदारी रहेको र कम्पनीभए ५१ प्रतिशत महिलाको शेयर हुनुपर्ने छ । यसमा ब्याजदर प्रतिवर्ष ९ दशमलव ९ ९प्रतिशत (एक वर्षको मुद्दति), कर्जाको ५ लाखदेखि १ करोड ५० लासम्म, ५० हजारको प्रारम्भिक सिमासहितको मुख्य व्यक्तिको लागि निःशुल्क क्रेडिट कार्ड जारी गरिनेलगायतका सुविधा रहेका छन् ।

त्यस्तै महिला लघुउद्यम कर्जाका विशेषताहरुमा ब्याजदर प्रतिवर्षमा ३ दशमलव ९४ प्रतिशत, कर्जाको आका १५ लाखसम्म, अवधि ५ वर्षसम्म,ऋणीको उमेर हद १८–६५ वर्षलगायतका छन् ।