एभरेष्ट बैंकका ग्राहकलाई नेपाल नेसनल हस्पिटलमा छुट

0
Shares

काठमाडौं, (नेस)
एभरेष्ट बैंकले ग्राहकलाई छुट र स्पेसल प्याकेजको व्यवस्था गर्न नेपाल नेसनल हस्पिटलस“ग साझेदारी गरेको छ । कलंकीस्थित नेपाल नेसनल हस्पिटल बहुविशेषता भएको हस्पिटल हो । नेपाल नेसनल हस्पिटलमा एक सयको संख्यामा बेड रहेका छन् ।

एभरेष्ट बैंक र नेपाल नेशनल हस्पिटलबीचको एमओयुअनुसार ग्राहकले विभिन्न सेवा शुल्कमा १० देखि १५ प्रतिशतसम्म छुट पाउने छन् । ग्राहकहरुले एभरेष्ट बैंकको एटिएम वा क्रेडिट कार्ड देखाएर उक्त छुट पाउन सक्नेछन् ।
एभरेष्ट बैंकको हाल १० लाखभन्दा बढी रहेका छन् ।

हालै क्यामेलस् रेटिङमा एभरेष्ट बैंक बेस्ट रेटेड कमर्सियल बैंकमा पर्न सफल भएको छ । एभरेष्ट बैंकले हाल आफ्ना ९२ वटा शाखा, २८ राजस्व संकलन काउन्टर र ११६ एटीएम सञ्जाल रहेको छ ।